फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मौसम तथा बाढीको विषम अवस्था आइतवारसम्म रहने

(GMT+08:00) 2019-07-13 14:23:21

जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीको विषम अवस्था आइतवारसम्म रहने जनाएको छ। आइतवारसम्म पानी परिरहने भएकोले नदी किनार आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि मौसम विभागले अनुरोध गरेको छ।

विगत केही दिनदेखि नेपालमा मनसुन सक्रिय भइरहेको र बिहीवारदेखि मनसुन थप सक्रिय भएको छ। बिहीवारदेखि नेपालका मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणालीसमेत विकसित भएको छ। जसका कारण मध्य तथा पूर्वी नेपालको पहाडी र तराई क्षेत्रमा अविरल वर्षा भई शुक्रवार बिहानदेखि वाग्मती र कमला लगायत सो क्षेत्रका स–साना नदीमा समेत बाढीले खतराको तह पार गरेको छ।विभागकै मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा निरन्तर मनसुनी वर्षा सक्रिय भएपछि बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भन्दै उच्च सतर्कता अपनाउन सुझाएको पहिलोपोस्ट अनलाइनले लेखेको छ।

मुलुकको पूर्व र मध्य क्षेत्रका केही स्थानमा र पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो। पूर्व र मध्यका भागका तराई र पहाडका एक दुई ठाउँहरुमा धेरै भारी वर्षा हुने सम्भावना छ। यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडी भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ।

जानकारी तथा लेखहरु