फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अवकाशपछिको जीवन नेपालमा बिताउने नेपाली र अमेरिकीहरूको चाहना

(GMT+08:00) 2019-07-14 14:01:36
अमेरिकाको सियाटलस्थित वाणिज्य दूतावासमा नेपाली भिसा लिन आउने हरेक १० जनामा तीनजनाले अवकाशपछिको जीवन नेपालमा बिताउने चाहना व्यक्त गर्ने गरेका छन्। सुन्दर, शान्त र शीतल पहाडी क्षेत्र भएको नेपाललाई उनीहरु अवकाशपछिको जीवन बिताउने उत्कृष्ट स्थान ठान्छन्। अमेरिकीले पनि अवकाशपछिको जीवन नेपालमा बिताउने चाहना राख्दै नेपालबारे जिज्ञासा राख्ने गरेको महावाणिज्यदूत एसी शेर्पाले बताउनुभयो।

पछिल्लो अध्ययनले पनि 'रिटायर्ड लाइफ'का लागि पोर्चुगलपछि नेपाललाई निकै राम्रो गन्तव्यको रुपमा औंल्याएको छ। नेपाल भ्रमण गरेर फर्कनेहरुले नेपाल अवकाश जीवनको उत्कृष्ट गन्तव्य रहेको भन्दै चर्चा गरेपछि महावाणिज्यदूत शेर्पाले नेपाल सरकार, सरोकारवाला र अमेरिकी सहित विश्वका दर्जनौं कन्सुलरहरुलाई जम्मा गरी नेपालको पर्यटकीय गन्तव्यबारे बृहत् छलफल गर्ने तयारी गरेका छन्।

अघिल्लो महिना नेपाल जाँदा प्रधानमन्त्रीलगायत सरकारका विभिन्न निकायसँग सम्भावनाबारे आफूले जानकारी दिएको उहाँले बताउनुभयो। नेपाल र उत्तर अमेरिका क्षेत्रमा हुन सक्ने व्यावसायिक अवसर र सम्भावनाबारे एक छलफल गर्न २६ जुलाईमा एक कार्यक्रम गर्न लागिएको छ। नेपाल भ्रमणमा जाने अमेरिकीले अवकाशपछिको जीवन नेपालमा बिताउन इच्छा व्यक्त गरेको र नेपालमा लगानी गर्न सकिने पर्यटनलगायत अन्य क्षेत्र भएको भन्दै चासो प्रकट हुन थालेपछि नेपाल सरकारको समन्वयमा हुने कार्यक्रम फलदायी हुने महावाणिज्यदूत शेर्पाको भनाइ उद्धृत गर्दै नागरिकन्यूज डटकमले जनाएको छ।

जानकारी तथा लेखहरु