फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा विजयी

(GMT+08:00) 2019-07-14 14:02:49

नेपालले मलेसियाविरुद्धको टि-२० अन्तर्राष्ट्रिय श्रृंखलामा क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको छ। मलेसियाविरुद्धको श्रृंखला २-०ले आफ्नो पक्षमा पारेपछि नेपालले पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय श्रृंखला जितेको हो।

दोस्रो खेलमा आइतबार नेपालले मलेसियालाई ६ रनले पराजित गर्दै श्रृंखला क्लिन स्वीप गरेको हो। यसअघि शनिबार भएको पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो।

दोस्रो खेलमा नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमा समेटियो। मलेसियाका ओपनर सयद अजिजले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउँन सकेनन्। नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए। त्यसअघि विनोद भण्डारीले २५ बलमा ५१ रन जोडेपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो।

सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम तयारी स्वरुप नेपालले शनिबार र आइतबार(असार २८ र २९) मलेसियाविरुद्ध दुईवटा खेलको अन्तर्राष्ट्रिय टि–२० श्रृंखला खेलेको हो।

मलेसियामा १० दिन बिताएर साउन ३ गते नेपाल विश्वकपको एसिया छनौट खेल्न आयोजना स्थल सिंगापुर प्रस्थान गर्नेछ। एसिया छनौटमा नेपालसहित आयोजक सिंगापुर, कुवेत, कतार र मलेसिया गरी ६ टोलीले सहभागिता जनाउँदैछन्।

जानकारी तथा लेखहरु