नेपालमा विगत तीन दिनदेखि भएको अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण सोमबारसम्म ६५ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरुषको मृत्यु भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।
प्रहरीको विवरण अनुसार देशभर १२ जना महिला र १८ जना पुरुष गरी ३० जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन्। सेना, प्रहरी, सशस्त्र प्रहरीकाे टाेलीले १ हजार ४४६ जनाको उद्दार गरिसकेको छ। प्रदेश १ मा २०, प्रदेश २ मा १८, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई-दुई र उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ।