फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालद्वारा १५० मेगावाट बिजुली भारत निर्यात

(GMT+08:00) 2019-07-17 14:39:50

नेपालले तल्कालका लागि बिजुली भारत निर्यात गरेको छ। लगातरको वर्षाका कारण कुलेखानी जलाशययुक्त अयोजना भरिएको र तराईमा बाढीका कारण बिजुली आपूर्ति अवरोध भएपछि बढी भएको भारत निर्यात गरिएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। विगत तीन दिनयता दैनिक एक सय ५० बिजुली निर्यात गरिएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुभयो। यससँगै नेपालले इनर्जी बैंकिङको सुरुवात गरेको मन्त्री पुनले बताउनुभयो।

मन्त्रालयमा मंगलाबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री पुनले भन्नुभयो, 'बाढीले तराईमा बिजुलीको माग घटेकाले यो समयमा हामीलाई बढी भएको बिजुली भारत पठाएको हौं।' कुसाहा–कटैया प्रसारणबाट ११० मेगावाट र रक्सौल–परवानीपुरबाट ५० मेगावाट गरी कुल १५० मेगावाट बिजुली निर्यात भएको मन्त्री पुनले बताउनुभयो। उहाँका अनुसार यी दुई प्रसारण लाइनका विभिन्न सातवटा विन्दुबाट बिजुली भारत पठाइएको हो। बुधबारदेखि भने तराईमा विद्युत् आपूर्ति नियमित भइ माग बढेपछि भारत निर्यात रोकिनेछ।

बाढीका कारण तराईमा विद्युत्को माग घटेपछि नेपालले विगत तीन÷चार दिनदेखि दैनिक १५० मेगावाट बिजुली भारत निर्यात गरेको पनि उल्लेख छ। नेपालले बढी हुँदा बिजुली निर्यात गर्ने र आवश्यक पर्दा ल्याउने गरी गरिएको इनर्जी बैंकिङको सदुपयोग भएको ऊर्जा सचिव दिनेश घिमिरेले बताउनुभयो।

घिमिरेले भने आवश्यकताअनुसार भारतबाट ल्याउने र बढी हुँदा पठाउने सर्तअनुसार नै हामीलाई बढी भएको बेला पठाएको हो। अब तराईका क्षेत्रमा बिजुली आपूर्ति हुन थालेपछि हामीलाई नै नपुगेर उतैबाट ल्याउनुपर्ने भएकोले निर्यात गर्न नसकिने जानकारी पनि घिमिरेले दिनुभयो। नेपालले यस अघि पनि सीमा क्षेत्रबाट बिहारमा बढी भएको बिजुली पठाउने र आवश्यक पर्दा ल्याउने गरिरहेको छ।

मन्त्री पुनका अनुसार लगातारको वर्षाले जलाशययुक्त आयोजना कुलेखानीको सतह १५ सय २७ मिटर पुगेको छ। यसको क्षमता १५ सय ३० मिटर मात्रै हो। यो आयोजना भरिएपछि ९२ मेवागाटको यो आयोजना २४ सै घण्टा पूर्णक्षमतामै सञ्चालन भइरहेको छ। कुलेखानी भरिएपछि यसबाट हुने पूर्ण क्षमताको बिजुली उत्पादनले पनि हामीलाई धेरै भएको समयमा बिजुली निर्यात गर्न सहयोग पुगेको उल्लेख छ।

विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा बुधबारसम्म मर्मत सकेर सञ्चालनमा ल्याइने भएको छ। १२ सय मेगावाट माग भइरहेको बिजुलीमा माग घट्दा निर्यात भए पनि अब माग बढेसँगै निर्यात नहुने पनि मन्त्रालयले जानकारी दिएको छ।

जानकारी तथा लेखहरु