फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अबको तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मोनोरेल सञ्चालन हुने

(GMT+08:00) 2019-07-22 13:59:21

अबको तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मोनोरेल सञ्चालन हुने भएको छ। काठमाडौँ महानगरपालिकाद्वारा पारित चालू आर्थिक वर्षको बजेटमा यो जानकारी दिइएको हो।

महानगरपालिकाले चालू आर्थिक वर्षमा १५ अर्ब पचास करोड ७० लाख १२ हजार रुपियाँ बजेट पारित गरेको जानकारी दिएको गोरखापत्र अनलाइनले जनाएको छ।

चालू आर्थिक वर्ष २०७६÷७७ को पारित बजेटबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले आगामी तीन वर्षभित्र चक्रपथमा मोनोरेल सञ्चालन गरिने कार्ययोजना तय गरिएको जानकारी दिनुभयो।

चक्रपथमा मोनोरेल सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नका लागि चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ब्युरो ग्रुप कम्पनी लिमिटेड

(सीआरसीसी)सँग यसअघि नै सम्झौता गरिसकेका छन् । काठमाडौँमा मोनोरेल सञ्चालनका लागि सीसीआरसीले यसअघि नै सम्भाव्यता अध्ययन गरी सोको प्रतिवेदन महानगरपालिकालाई बुझाइसकेको छ।

जानकारी तथा लेखहरु