फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक वर्ष ०७५/७६ मा ४३६ वटा नयाँ उद्योग दर्ता

(GMT+08:00) 2019-07-22 13:59:47

आर्थिक वर्ष ०७५/७६ मा ४३६ वटा नयाँ उद्योग दर्ता गरिएका छन्। ती उद्योगमा दुई खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँभन्दा धेरै लगानीको योजना छ। उद्योग विभागका अनुसार, कृषि तथा वनजन्य, निर्माण, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, खनिज, पर्यटनलगायतका क्षेत्रमा नयाँ उद्योग सञ्चालन हुन लागेका छन् । आर्थिक वर्ष ७५/७६ मा नयाँ उद्योगमा आएको लगानी, उद्योग दर्ता संख्या र रोजगारी सृर्जना दर अघिल्लो वर्षभन्दा न्यून हो।

आर्थिक वर्ष ०७४/७५ मा कुल ४ सय ९८ उद्योगका लागि ३ खर्ब ५० अर्ब ७३ करोड २१ लाखभन्दा धेरै लगानी आएको थियो । त्यस वर्ष ४९८ उद्योग दर्ता भएका थिए जसबाट २७ हजार ३ सय ८२ वटा नयाँ रोजगारी सिर्जना भए। यो संख्या गत वर्ष ५ हजारभन्दा धेरैले घटेको अनलाइनखबरले जनाएको छ।

आव ०७५/७६ मा ४३६ उद्योगले २२ हजार ९६१ जनालाई नयाँ रोजगारी सृर्जना गरेको विभागको १२ महिनाको तथ्यांङ्कमा उल्लेख छ। लगानीकर्ताको मनोबल खस्किँदा नयाँ रोजगारी सिर्जना पनि निराशाजनक देखिएको छ।

आर्थिक वर्ष ०७५/७६ मा स्वदेशी तथा विदेशी लगानीका गरी २७ वटा उद्योग कृषि तथा वनजन्य क्षेत्रमा थपिएका छन्। कुल ९ सय ९२ जनालाई रोजगारी सिर्जना गर्ने यी उद्योगमा ४ अर्ब १० करोड ६० लाख लगानी प्रतिबद्धता आएको छ । यस क्षेत्रमा आएको लगानी, उद्योग संख्या तथा रोजगारी सिर्जना अघिल्लो वर्षभन्दा बढी हो। अघिल्लो वर्ष ६५३ जनालाई रोजगारी सिर्जना गर्नेगरी २२ उद्योगमा २ अर्ब ५१ करोड हाराहारी लगानी भएको थियो।

जानकारी तथा लेखहरु