फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमालय एअरलाइन्सद्वारा बंङ्गलादेशको ढाकामा उडान बिस्तार

(GMT+08:00) 2019-07-23 15:00:35
नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले बंङ्गलादेशको ढाकामा उडान बिस्तार गरेको छ । सोमबार ढाकामा हिमालयले पहिलो सफल उडान गर्‍यो। काठमाडौंबाट १ सय ४१ यात्रुसहित ढाका पुगेको जहाज ढाकाबाट १ सय ४ यात्रु लिएर त्रिभुवन विमानस्थलमा अवतरण गरेको कम्पनीले जानकारी दिएको छ। हिमालयले ढाकास्थित हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट नियमित उडान शुरु गरेको हो।

हिमालयले यस रुटमा एच९-६७९ जहाज प्रयोग गर्ने भएको छ। ए३२०-२१४ मोडलको यो जहाज प्रिमियम इकोनोमी क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमताको छ। सांस्कृतिक, राजनीतिक तथा सांस्कृतिक केन्द्र तथा देशको राजधानी ढाकामा आफ्नो पहिलो उडान सफल भएको कम्पनीले उल्लेख गरेको छ। हिमालयले ढाकामा मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान गर्नेछ। अनलाइनखरका अनुसार काठमाडौं-ढाका रुटको उडान एक घण्टाको हुने कम्पनीको भनाई छ । व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका मिलाईएको कम्पनीले जानकारी दिएको छ।

नेपाल-चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापना भएको हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको नेपालको निजी वायुसेवा कम्पनी हो । अहिले हिमालयले आबुधावी, दमाम, दोहा, दुबई, क्वालालम्पुर र ढाका गरी ६ वटा गन्तब्यमा उडान गरिरहेको छ।

जानकारी तथा लेखहरु