फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको प्रदेश पाँचको टोली चीन भ्रमणमा आउँदै

(GMT+08:00) 2019-07-23 15:01:27
आउँदो भदौमा प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको नेतृत्वको टोलीले चीनको कान्सु प्रान्तको भ्रमण गर्नेभएको छ। भदौ १० गतेदेखि १६ गतेसम्म हुने भ्रमणमा ९ सदस्यीय टोली रहने नागरिकन्यूज डटकमले जनाएको छ।

भ्रमण टोलीमा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने, प्रदेश सांसदहरु सरस्वती गौतम, निर्मला क्षेत्री, बाबुराम गौतम तथा डा. सागर न्यौपाने र कर्मचारी गरि ९ सदस्य रहेका छन्।

मन्त्रिपरिषद बैठकले भ्रमणको खर्च स्वीकृत गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलको टोलीले असार १६ देखि २५ गतेसम्म चीनका विभिन्न प्रान्त घुमेको थियो। त्यसलगत्तै फेरि प्रदेश सरकारको तर्फबाट अर्को टोली चीन भ्रमणमा निस्कन लागेको हो। मुख्यमन्त्री केही दिनअघि मात्रै भ्रमण गरेर फर्केकाले मन्त्री गिरीको नेतृत्वमा टोली जाने तय भएको सरकारका प्रवत्ता एव भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो।

बैठकले सैनामैना नगरपालिका र चीनको कान्सु प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

जानकारी तथा लेखहरु