फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको हिमालय क्षेत्रको पानी आयात गर्ने सम्भावनाबारे दक्षिण कोरियाली कम्पनीको चासो

(GMT+08:00) 2019-07-23 15:02:54
नेपालको हिमालय क्षेत्रको पानी आयात गर्न सकिने सम्भावनाबारे दक्षिण कोरियाली कम्पनीले चासो देखाएका छन्। कोरिया पुगेको नेपाल उद्योग वाणिज्य संघको एक टोलीसँग त्यहाँका पानी प्रशोधन गर्ने कम्पनीहरूले यस्तो चासो व्यक्त गरेका हुन्।

नेपाल बोटल्ड वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीका अनुसार ४ वटा कोरियन कम्पनीले बीजनेस–टू–बिजनेश (बीटूबी) बैठकमा नेपालमा 'ग्लासियर' पानीको उत्पादन र निर्यातको व्यवस्थबारे जानकारी लिएका थिए। नेपालमा त्यस्तो पानी उत्पादन भएमा कोरियामा त्यसको ठूलो बजार रहेको भन्दै उनीहरूले सहकार्यका लागि नेपाली व्यवसायीलाई अनुरोध गरेका थिए ।

कोरियन कम्पनीहरूले आवश्यक परे आफूहरू त्यस्तो पानीको उत्पादन र अन्तर्राष्ट्रिय बजारीकरण सहभागी हुन सक्ने बताएको भण्डारीले जानकारी दिनुभयो। 'अहिलेसम्म उनीहरूले भनेजस्तो पानी हामीले उत्पादन गर्न सकेका छैनौं। तर, ३ हजार मिटरभन्दा माथिको उचाइका क्षेत्रमा हामी त्यस्तो पानी प्रशस्तै उत्पादन गर्न सक्छौं,' उहाँले भन्नुभयो, 'हिउँबाट पग्लिएको पानीलाई कुनै पनि मिनरल पनि नहाली सीधै बोटलिङ गर्नेमा कोरियनको चासो छ।'

तर, सरकारले हालसम्म पानी निर्यातको स्पष्ट नीतिगत व्यवस्था गरेको छैन। हालै प्रस्तावित खानेपानीसम्बन्धी विधयेकमा नेपालले पानी उत्पादन गरेर बिक्री गर्न सक्ने कानूनी व्यवस्था गरिएको अनलाइनखबरमा समाचार छ।

जानकारी तथा लेखहरु