फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुद्धजन्मस्थल लुम्बिनीमा सुरू भएको बौद्धग्रन्थ त्रिपिटक वाचन यस वर्ष पनि

(GMT+08:00) 2019-07-24 15:39:02

गत वर्षदेखि बुद्धजन्मस्थल लुम्बिनीमा सुरू भएको बौद्धग्रन्थ त्रिपिटक वाचन कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाउने भएको छ। भारतको बोधगया र कुशिनगरमा विगत १६ वर्षदेखि त्रिपिटक बाचन भइरहे पनि बुद्ध जन्मस्थल लुम्बिनीमा भने पहिलो पटक गत वर्ष त्रिपिटक गुन्जिएको थियो।

लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पुर्‍याउने लक्ष्यसहित गत वर्षको कार्यक्रमलाई यस पटक पनि निरन्तरता दिन लागिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक समितिका संयोजक भिक्षु मैत्रेय महास्थवीरले जानकारी दिनुभयो।

गत वर्ष पहिलो पटक लुम्बिनीमा वाचन भएको त्रिपिटकको लयले लुम्बिनी क्षेत्र गुन्जायमान भएको थियो। त्यसबेला ३ दिनसम्म स्वदेशी र विदेशी गरी हजारौं बौद्धमार्गी एवं अन्य धर्ममा आस्था राख्ने लुम्बिनीको त्रिपिटक वाचनमा सहभागी भएका सेतोपाटी अनलाइनमा खबर छ।

यसपटक पनि ३ दिननै नोभेम्बर १४ देखि १६ सम्म लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजना गर्ने गरी तयारी सुरू भएको छ। त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ हो।

अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरी त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोस्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो।

गत वर्ष जस्तै यसवर्ष पनि थाइल्याण्ड, बर्मा, श्रीलंका, कोरियन, जापानिज, भियतनाम, लाओस, चाइनिज, कम्बोडियाका भिक्षुहरूका साथै नेपाली र हिमालयन भिक्षुहरूको समेत सहभागितामा त्रिपिटक वाचन हुनेछ।

जानकारी तथा लेखहरु