फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यसै महिनामा काठमाडौं रिङ्गरोडमा ७ बिजुलीबस चल्ने

(GMT+08:00) 2019-07-24 15:39:22

साउनभित्र काठमाडौं उपत्यकाको रिङ्गरोडमा ७ बिजुलीबस चल्ने भएको छन्। सुन्दर यातायात प्रालीले एकैपटक ७ बिजुलीबस रिङ्गरोडमा सञ्चालन गर्न लागेको हो।

'२ बस आइसकेका छन् र ५ आज चाइनाबाट हिडीसक्यो। यो महिनाभित्रै बस सञ्चालनमा आउछ,' सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भन्नुभयो। हालका लागि रिङ्गरोडमा रुट परमिटका लागि निवेदन दिएको र पछि गाडी आउँदा रिङ्गरोड बाहेका सडकमा पनि बिजुलीबस संचालनमा ल्याइने थापाले जानकारी दिनुभयो।

सुन्दर यातायातले यो वर्ष भित्र २५ ओटा विजुलीबस सञ्चालनमा ल्याउने जनाएको छ।

त्यस्तै प्रभु पे बाट भाडा तिर्न सकिने र भाडा तिर्न सहजताको लागि अरु तरिका प्रयोग गर्ने तयारी भइरहेको छ। गाडीमा ७ ओटा सिसि क्यामरा, जिपिएस, ह्याङ्गर लगाएतको विशेषताहरु रहेका सेतोपाटी अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु