फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनी युनियन पेलाई डिजिटल भुक्तानी सेवा सञ्चालनको अनुमति

(GMT+08:00) 2019-07-24 18:36:15

चिनियाँ कम्पनी युनियन पे (युनी-पे) नेपाल राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा सञ्चालनको अनुमति पाउने पहिलो अन्तरार्ष्ट्रिय कम्पनी बनेको छ। युनी-पेले केही दिनअघि मात्र केन्द्रीय बैंकबाट भुक्तानी कारोबार गर्ने अनुमति पाएको हो। पेमेन्ट तथा सेटलमेन्ट कानुनअनुसार उसले अनुमति पाएको केन्द्रीय बैंकले जनाएको छ। अवैध रुपमा मोबाइल पेमेन्ट एपहरुमार्फत नेपालमा कारोबार भइरहेको देखिएपछि २०७६ जेठ पहिलो साता राष्ट्र बैंकले विदेशी मोबाइल पेमेन्ट एपहरुलाई कारोबार गर्न प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्धपछि नेपाल राष्ट्र बैंकमा आवेदन गरेको चिनियाँ कम्पनी युनियन पेले गत हप्ता अनुमतिको लागि लाइसेन्स पाएको हो।

विदेशी कम्पनीले नेपालमा सिधै आएर कारोबार गर्न पाउँदैनन्। नेपालमा छुट्टै कम्पनी दर्ता गरी त्यसमार्फत कारोबार गर्नुपर्ने हुन्छ। यसरी खडा भएको कम्पनीले 'डिजिटल मनी' कारोबारका लागि राष्ट्र बैंकबाट छुट्टै अनुमति लिनुपर्छ। युनी-पेले यी सबै प्रक्रिया पूरा गरी अनुमतिका लागि निवेदन दिएको थियो। नेपाल राष्ट्र बैंककी विदेशी विनिमय विभाग प्रमुख सरिता भट्टका अनुसार अन्य चिनियाँ कम्पनी विच्याट र अलि पेले पनि अनुमति प्रक्रियामा छन्।

नेपालखबर अनलाइनका अनुसार सन् २०१९ अर्थात् यो वर्ष उसले नेपालमा सबै क्षेत्रमा कारोबार पुर्याउने अपेक्षा गरेको छ। हाल युनिपेको क्युआर कोड २० हजारभन्दा धेरै कारोबारस्थलमा स्वीकार्य रहेको कम्पनीको दाबी छ। केएफसी, पिज्जाहट, नर्थफेसजस्ता अन्तर्राष्ट्रिय ब्रान्डदेखि इसेवा, क्युएफएस, नबिल बैंकले समेत उसको कोडबाट कारोबार हुन्छ।

जानकारी तथा लेखहरु