फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन केरूङसम्म जान पाइने सीमा परिचयपत्र लिने दश हजार

(GMT+08:00) 2019-07-25 16:08:03

नेपाल चीन सीमाको केरूङसम्म जान पाइने सीमा परिचयपत्र लिने रसुवाली दश हजार नाघेका छन्। अध्यागमन कार्यालय रसुवाका अनुसार हालसम्म परिचयपत्र लिनेको सङ्ख्या १० हजार ६३० पुगेको छ।यस्तो परिचयपत्र लिनेमा जिल्लाका उत्तरगया, कालिका, नौकुण्ड, गोसाइँकुण्ड र आकाछोदिङ्मो गाउँपालिकामा स्थायी बसोबास गरिआएका र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट बसाइँ सरिआएका नागरिक रहेको बताइएको छ।

सीमाक्षेत्रका बासिन्दाले अध्यागमन कार्यालयबाट प्रदान गरेको परिचयपत्रका आधारमा रसुवागढी नाकाबाट निर्बाध रूपले परिचयपत्र देखाई केरूङसम्म आवतजावत गर्नाका साथै केरूङमा बसेर व्यापार व्यवसाय समेत गरिरहेको अध्यागमन कार्यालयले जनाएको छ।

परिचयपत्रको समयावधि एक वर्षसम्म बहाल रहने र एकएक वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहेको बताइएको छ। करीब चार वर्षअघि अध्यागमन कार्यालय स्थापनापछि रसुवागढी नाकाबाट १० हजार १९१ पर्यटक चीन प्रस्थान गरेको र १३ हजार ७० जना चीनबाट आएको बताइएको छ। बीसभन्दा बढी राष्ट्रका नागरिक ओहोरदोहोर गरेको बुझिएको छ। गत आर्थिक वर्षमा अध्यागमन कार्यालयले प्रवेशाज्ञा शुल्कवापत रु ८६ लाख ५३ हजार राजश्व असुली गरेको तथ्याङ्क सार्वजनिक भएको रातोपाटी अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु