फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रमुख पर्यटकीय स्थलमा विदेशी मुद्रा सटहीको सुविधा विस्तार

(GMT+08:00) 2019-07-25 16:08:54

प्रमुख पर्यटकीय स्थलमा विदेशी मुद्रा सटहीको सुविधा विस्तार गरिने भएको छ। नेपाल भ्रमण वर्ष २०२० का मध्यजनजर गरी बैंक तथा वित्तीय संस्थामार्फत यो व्यवस्था मिलाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

बुधबार सार्वजनिक मौद्रिक नीति अनुसार बैंकहरुले पर्यटकीय स्थलमा छुट्टै काउन्टर खोली विदेशी मुद्रा सटही सुविधा प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ।

अर्कोतर्फ, अध्ययन र सामूहिक भ्रमणमा ठूलो रकम विदेशीएको सन्दर्भमा पनि नेपाल राष्ट्रबैंकले नियमनको तयारी गरिरहेको छ । अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिने गभर्नर चिरन्जिवी नेपालले जानकारी दिनुभयो।

मौद्रिक नीतिले पर्यटन क्षेत्रमा बैंकहरुले न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्थालाई पनि निरन्तरता दिएको छ । अहिले कृषिमा १० तथा ऊर्जा र पर्यटनमा न्यूनतम १५/१५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने प्रावधान रहेको अनलाइनखबरले जनाएको छ।

जानकारी तथा लेखहरु