फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सामाजिक सुरक्षा योजनामा आकर्षित गराउने प्रयास

(GMT+08:00) 2019-07-26 14:38:48

सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिक आपूर्तिकर्तालाई थप आकर्षित गराउन कार्यविधिमा २३ वटा बुँदा संशोधन गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निजी क्षेत्र र सरोकारवाला विज्ञको सुझावका आधारमा उक्त योजनाअन्तर्गत पाइने सेवा, सुविधाको व्यवस्थालाई सरल हुने गरी कार्यविधि संशोधन गरिएको जनाएको छ।

संशोधित कार्यविधिमा सामाजिक सुरक्षा कोषमा सूचीकरण भई कोषको योगदान लिन सुरु गरेको मितिदेखि उक्त व्यवस्था लागू हुनेगरी थप व्यवस्था गरिएको छ साथै उक्त संशोधित कार्यविधिले योगदान गर्न छाडेपछि यो सुविधा नपाइने पनि स्पष्ट पारेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले संशोधित कार्यविधिमा सामाजिक सुरक्षा कोषमा न्यूनतम तीन महिना योगदान गर्ने योगदानकर्ताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षासम्बन्धी सुविधा पाउने व्यवस्था पनि थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रकारको सुविधा योगदानकर्ताले योगदान गर्न छाडेको तीन महिनासम्म लागू हुने पनि संशोधित कार्यविधिमार्फत स्पष्ट पारिएको छ।

यो सुविधा प्राप्त गर्ने योगदानकर्ताले सरकार वा अन्य बीमा योजना बमोजिम कुनै स्वास्थ्य सुविधा लिन पाउने भएमा त्यस्तो सुविधा लिन बाधा नपर्ने व्यवस्था पनि गरिएको छ। कार्यविधिमा व्यवसायजन्य रोगको उपचार तथा यससँग सम्बन्धित अन्य सुविधा कम्तीमा दुई वर्ष योगदान गरेपछि मात्र पाउने र यस्तो सुविधा योगदान गर्न छाडेको दुई वर्षको अवधिसम्म लागू रहने

उल्लेख छ।

जानकारी तथा लेखहरु