फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'भ्रमण वर्ष' सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिने

(GMT+08:00) 2019-07-28 14:41:45

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले 'भ्रमण वर्ष' सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिने बताउनुभएको छ । मन्त्री बाँस्कोटाले नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशनलाई काभ्रेपलाञ्चोकको बनेपामा सम्बोधन गर्दै भ्रमण वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने बताउनुभएको हो । "भ्रमण वर्षका अवसरमा सञ्चार मन्त्रालयले नेपाली मिडियालाई पार्टनर बनाएर अन्तर्राष्ट्रिय मिडिया समिट गर्नेछ", उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले होटल तथा पर्यटन व्यवसायीलाई मिडिया समिटका लागि सरकारसँगै 'लिड गर्न' पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, "भिजिट ट्वान्टी ट्वान्टी भनेर तपार्इंहरु पनि लिड गर्नुस्, पक्कै सफल भइन्छ ।" उहाँले सन् २००८ मा थाइल्याण्डमा भएको बाढीको उदाहरण दिँदै त्यतिबेला थाइल्याण्ड सरकारले अन्तर्राष्ट्रिय मिडिया समिट गर्दा खस्केको पर्यटन क्षेत्रमा व्यापक मात्रामा परिवर्तन भएको स्मरण गराउनुभयो।

मन्त्री बाँस्कोटाले सङ्गठन, व्यवसाय, विकास, संवद्र्धन तथा राष्ट्रलाई टेवा र सुरक्षा पुयाउने गरी योजना ल्याए सरकार होटल तथा पर्यटन व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । "बाह्य मात्रै होइन, आन्तरिक पर्यटनमा समेत ध्यान दिनुपर्दछ", उहाँले भन्नुभयो, "अनुचित बार्गेनिङको विषयका निम्ति कुनै सङ्घसंस्था बनाइरहनु राष्ट्रलाई अहितकर हुन्छ।"

जानकारी तथा लेखहरु