फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या १९ प्रतिशतले वृद्धि

(GMT+08:00) 2019-07-30 14:13:34

सन् २०१८ को तुलनामा नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ। यस बीचमा विदेशी पर्यटकको बृद्धिदर खुम्चिएको छ। अघिल्लो वर्ष औषत २० प्रतिशत माथिको बृद्धिदर कायम भएकोमा यो वर्षको ६ महिनामा १२ प्रतिशतले बृद्धि भएको सेतोपाटी अनलाइनले लेखेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको छ महिनामा ५ लाख ८५ हजार ५३१ जना विदेशीले नेपाल भ्रमण गरेका छन्। यसरी नेपाल आउनेमा ४ लाख ९० हजार हवाई यात्राबाट आएका छन् भने ९४ हजार गाडीबाट भित्रिएका छन्।

संख्याको हिसाबले सबैभन्दा बढी भारतीयले यो बीचमा नेपाल भ्रमण गरेका छन्। बोर्डका अनुसार यो बीचमा १ लाख ३ हजार ४६१ भारतीयले नेपाल भ्रमण गरेका छन्। त्यस्तै ८५ हजार ३१८ चिनियाँले नेपाल भ्रमण गर्दा सयुक्त राज्य अमेरिकाबाट यो बीचमा ४८ हजार २०१ जनाले यात्रा गरेका छन्।

बृद्धिदरका हिसाबले चीनबाट आउने पर्यटको बढी देखिएको छ। बोर्डका अनुसार सन् २०१९ को ६ महिनामा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत बढी चिनियाँ नेपाल आएका छन्। त्यस्तै ७ प्रतिशत भारतीय बढेका छन् भने १० प्रतिशत अमेरिकन बढेका छन्।

जानकारी तथा लेखहरु