फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुग्लिङको दुई लेनयुक्त 'आर्क ब्रिज' सञ्चालनमा

(GMT+08:00) 2019-08-02 14:24:25

चितवन र तनहुँ जोड्ने मुग्लिङमा रहेको त्रिशूली नदीमाथि 'आर्क ब्रिज' सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग भएर चल्ने गाडीले नयाँ पुलको प्रयोग गर्नथालेका नेपाल खबर अनलाइनले लेखेको छ।

धादिङको नौबीसेदेखि कास्कीको पोखरासम्म पर्ने पृथ्वीराजमार्गको उक्त खण्डमा त्रिशूली नदीमाथि बनाइएको पुल १ सय २० मिटर लामो छ। उक्त पुल मंगलबारदेखि नै सञ्चालनमा आएको हो।

पुलको निर्माण नेपाली ठेकेदार कम्पनी इलाइट एड्भेन्चर लोहनी जेभीले निर्माण गरेको हो भने डिजाइन एन्ट मल्टिमोडलमा बनेको पुलको डिजाइन गरेको थियो।

करिब १२ करोडको लागानीमा निर्माण गरिएको पुल मुग्लिङमा वैकल्पिक पुल तयार भएको सडक विभागले जनाएको छ। केही वर्षअघि मुग्लिङको त्रिशूली नदीमाथिको पुलमा गम्भीर समस्या देखिएको थियो। पुलको पाताहरु फुस्किन थालेपछि नयाँ पुल बनाउने योजना सडक विभागले अघि सारेको थियो।

आरसिसी मोटरेबल आर्क ब्रिज सञ्चालनमा आएसँगै दुईतर्फी आवगमन सहज भएको छ। विश्व बैंकको १२ करोड लागतमा यो पुल निर्माण गरिएको हो। एक सय २० मिटर लामो पुल ११ मिटर चौडाइको रहेको छ। पुलको औपचारिक उद्घाटन भने हुन बाँकी छ।

जानकारी तथा लेखहरु