फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जहाज उडाउन नेपाल एयरलाइन्सले माग्यो ८ पाइलट

(GMT+08:00) 2019-08-03 14:35:18

नेपाल एयरलाइन्सले साना चिनियाँ जहाज उडाउन ८ पाइलट भर्ना गर्ने भएको छ। निगमले शुक्रबार यी चार जहाज उडाउन 'लाइन क्याप्टेन'का रुपमा ८ जना पाइलटका लागि दरखास्त आह्वान गरेको अनलाइन खबरले लेखेको छ।

१५ दिन भित्र दरखास्त बुझाउन सकिने नेपाल एयरलाइन्सले जानकारी दिएको छ। ३ हजार उडान अनुभव भएका र उस्तै मोडलका जहाज उडाएका पाएलटले नेवानिका यी जहाज उडाउन पाउने गरी दरखास्त मागिएको छ।

निगमले पाइलट अभावमै चल्न योग्य अवस्थामा रहे पनि चिनियाँ जहाजलाई उडाउन सकेको छैन। नेपाल वायुसेवा निगमसँग ४ वटा 'Y12E' जहाज छन्। दुर्गम भेगका विमानस्थलमा उडाउने गरी खरीद गरिएका यी १७ सीट क्षमताका जहाज हुन्।

उता, नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा जनशक्ति भर्ना प्रक्रिया थालेको छ। प्राधिकरणले पनि शुक्रबार विज्ञापन खुलाएर जनशक्ति आह्वान गरेको हो। आर्थिक प्रशासन, एयर ट्राफिक सर्भिस, सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियरिङ, एभिएसशन फायर सर्भिसेज, फ्लाइट अपरेशन सर्भिसेस, सूचना प्रविधिजस्ता पदमा १ सय ३९ जनाका लागि दरखास्त माग गरिएको छ। यसमध्ये सबैभन्दा धेरै एयर ट्राफिक सर्भिसेजमा ३८, एयर फायर सर्भिसेज (चौथो तह) ३० र एयर फायर सर्भिसेज (पाँचौ तह)मा १७ जनाका लागि रोजगारीको अवसर खुलेको हो। प्राधिकरणले प्राविधिक विषयका पदहरुमा निश्चित समयको अनुभव आवश्यक रहेको समेत उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु