फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा विदेशी लगानी प्रतिवद्धता उत्साहजनक

(GMT+08:00) 2019-08-04 13:54:11

विदेशी लगानीको पहिलो ढोका नेपालको उद्योग विभागमा गत आर्थिक वर्षमा २ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ। उद्योग विभागमा असार मसान्तसम्म २ खर्ब ८२ अर्ब ६७ करोड ९२ लाख ६० हजार बराबरका ४ सय ३६ वटा उद्योग दर्ता भएका कारोबार अनलाइनले लेखेको छ। ती मध्ये ३ सय ४३ वटा उद्योग विदेशी लगानीका छन्। विभागका अनुसार पर्यटन, सेवा तथा उत्पादनमूलक, निर्माण, खनिज, सूचना प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा लगानीका तुलनात्मक रूपमा धेरै लगानी प्रतिवद्धता आएको छ।

विदेशी लगानीको पहिलो ढोका उद्योग विभागमा गत आर्थिक वर्षमा २ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ। उद्योग विभागमा असार मसान्तसम्म २ खर्ब ८२ अर्ब ६७ करोड ९२ लाख ६० हजार बराबरका ४ सय ३६ वटा उद्योग दर्ता भएका हुन्। ती मध्ये ३ सय ४३ वटा उद्योग विदेशी लगानीका छन्।

विभागका अनुसार पर्यटन, सेवा तथा उत्पादनमूलक, निर्माण, खनिज, सूचना प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा लगानीका तुलनात्मक रूपमा धेरै लगानी प्रतिवद्धता आएको छ। संख्या र रकमका आधारमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लगानी प्रबिद्धता बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ५६ अर्ब ४५ करोड रुपैयाँ लगानीका ३ सय ३५ उद्योग दर्ता भएका थिए।गत आवमा विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै उत्पादनमूलकतर्फ १०१ दर्ता भएका छन्। पर्यटनमूलक ११७, सेवामूलक १०२, ऊर्जामा ४७, कृषि तथा वनजन्यमा २७, सूचना प्रसारण र सञ्चारमा २१, निर्माणमा ३ र खनिजमा एउटा उद्योग दर्ता भएका छन्।

दर्ता भएकामध्ये विदेशी उद्योगले २३ अर्ब ९४ करोड ९२ लाख ५० हजार रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका छन्। उद्योग दर्ता केही बढे पनि यसलाई प्रयासअनुरूप उत्साहजनक भन्नसकिने अवस्था नरहेको उद्योग विभागका प्रवक्ता विनोद खड्का बताउनुहुन्छ। "उद्योगको प्रकृतिअनुसार अहिले प्रदेश र संघको फरक फरक नियमका कारण लगानीकर्ता अन्योलमा छन् र यसै कारणले अपेक्षित रूपमा उद्योग दर्ता बढ्नसकेको छैन," उहाँले भन्नुभयो। उद्योग विभागले गत जेठ १ गते बाट एकल विन्दु सेवा सञ्चालनमा ल्याए पनि यसको कार्यान्वयन प्रभावकारी छैन। तर, यसपछिका दुई महिनामा १२ अर्ब ३७ करोड ५३ लाख ३० हजारको विदेशी लगानी स्वीकृत भएको छ।गत वर्ष दर्ता भएका उद्योग सबै सञ्चालनमा आए २२ हजार १ सय ६१ जनाले रोजगारी पाउने विभागले जनाएको छ। तर, दर्ता भएका सबै उद्योग सञ्चालनमा भने आएका छैनन्। औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार १० करोड रुपैयाँ लागतदेखि ६ अर्ब रुपैयाँ लगानीको उद्योग सञ्चालनका लागि उद्योग विभागमा दर्ता हुनुपर्छ। विभागमा हालसम्म ७ हजार ९ सय ६७ वटा उद्योग दर्ता भएका छन्।

ती उद्योगबाट १९ खर्ब ६३ अर्ब ७४ करोड २ लाख ४८ हजार लगानी भएका छन्। यी सबै उद्योग सञ्चालनमा आएका भए ५ लाख ९८ हजार ५ सय जनाले रोजगारी पाउँथे। सरकारले उद्योग वर्गीकरणको तीन तह निर्धारण गरेकोमा ठूला, मझौला र साना उद्योगमध्ये सबैभन्दा धेरै आर्कषण साना उद्योगमा देखिएको छ। सानो लगानीमा, थोरै जनशक्ति र सानो ठाउँबाटै व्यवसाय गर्न सकिने भएकोले लगानीकर्ताहरू आर्कषित भएका छन्। लगानी, रोजगारी र उद्योग संख्याका आधारमा विदेशी लगानी उत्पादनमूलक क्षेत्रको पर्यटन र सेवाक्षेत्रतर्फ बढी आकर्षित देखिएका छन्। उद्योगको वर्गीकरणमा १० करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजी लगानीमा आउने उद्योगलाई सरकारले ठूला उद्योगमा राखेको छ। विभागमा २ अर्ब रुपैयाँभन्दा कम लगानीका विदेशी लगानी स्वीकृत गर्ने प्रावधान छ।

दुईदेखि १० अर्ब रुपैयाँका लगानी औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्बभन्दा बढीका लगानी बोर्डमार्फत आउने गरेको छ। यसबाहेक पूर्वअनुमति लिनुपर्ने मदिरा, सुर्तीजन्य तथा हातहतियार जस्ता उद्योग जतिसुकै पुँजीको भए पनि विभागमा दर्ता हुनुपर्छ। ६ अर्ब रुपैयाँभन्दा बढी लागतका उद्योग लगानी बोर्डमा दर्ता हुने कानुनी व्यवस्था छ। एकातर्फ लगानी प्रतिवद्धताको रकम बढेको छ भने अर्कोतर्फ वास्तविकतामा त्यो लगानी आएको छ वा छैन भनेर भने कुनै अध्ययन भएको छैन।

अझै पनि देशमा बेरोजगारको संख्या धेरै भएकोले युवाहरू बैदेशिक रोजगारीमा नै आकर्षित छन्। एफडीआई तथा स्वदेशी लगानीको प्रतिबद्धता बर्सेनि बढेपनि सोहीबमोजिम लगानी भने भित्रन सकेको छैन। विदेशी लगानीमा दर्ता भएका उद्योग कति छन् र तिनमा वास्तविक लगानी कति भएको छ भन्ने एकीकृत तथ्यांक हालसम्म कुनै सरकारी निकायसँग छैन। अर्कोतर्फ, प्रत्यक्ष वैदेशिक लगानीमात्रै नभएर स्वदेशी लगानीकर्ताले पनि उद्योग दर्ता गरी लाइसेन्स होल्ड गर्ने प्रवृत्ति बढेको छ।

जानकारी तथा लेखहरु