फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको वायुसेवा निगम पर्यटन वर्ष २०२० मा केन्द्रित

(GMT+08:00) 2019-08-05 14:18:04

नेपाल वायुसेवा निगमले पर्यटन वर्ष २०२० का लागि सम्पूर्ण ध्यान केन्द्रित गरेको जनाएको छ। सरकारले घोषणा गरेको 'पर्यटन वर्ष २०२०'लाई सफल पार्न निगमले रचनात्मक र सृजनात्मक भूमिका खेल्ने भन्दै सक्रियता बढाएको हो। पर्यटन वर्षलाई नेपाली पर्यटन क्षेत्रकै लागि ठूलो र विशेष अवसर रहेको भन्दै नेपाली ध्वजावाहक कम्पनी निगमले सम्पूर्ण शक्ति लगाउने जनाएको छ।

यसको लागि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमको कार्यकारी समितिलाई निगमको आन्तरिक तयारीको क्रमलाई थप तीव्रता दिन निर्देशन दिनुभएको छ। अन्तर्राष्ट्रियतर्फ निगमले प्रदान गरिरहेको सेवाका उल्लेखनीय रहेको सन्दर्भमा आन्तरिकतर्फ योजनाबद्ध तयारी एवम् व्यवस्थापनमा केन्द्रित हुन थालेको निगमका कार्यकारी अध्यक्ष खरेलले बताउनुभयो।

यसै सन्दर्भमा आन्तरिक उड्डयनतर्फ शनिबार चौरझारी र ताप्लेजुङ्गमा, आइतबार रुकुममा परीक्षण उडान गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ। त्यस्तै सोमबार भोजपुर, मंगलबार बाजुरा र बुधबार तुम्लिङ्गटारमा वाई१२ई विमानबाट परीक्षण उडान गरिने निगमले बताएको छ। आन्तरिक उडान गर्ने व्यवस्था गरी निगमले पर्यटन प्रर्वद्धनमा थप योगदान पुर्‍याउने लक्ष्य लिइएअनुसार परीक्षण उडानलाई तीव्रता दिइएको नेपालखबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु