फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ बीआरआई विज्ञ टोली र नेपालको प्रदेश ५ का मुख्यमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2019-08-06 13:29:28

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र चिनियाँ बीआरआई विज्ञ टोलीबीच सोमबार बुटवलमा भेटवार्ता भएको छ। चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लिउ वेइतौको नेतृत्वको आठ सदस्यीय टोलीसँगको भेटवार्तामा बीआरआई मार्फत गर्न सकिने काम र संभावनाबारे मुख्मयन्त्रीसँग छलफल भएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र संभावना तथा बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै बीआरआई मार्फत नेपाल र प्रदेश ५ ले लाभ लिनसक्ने बताए। उनले नेपालमा बीआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ रहेको बताए। उनले केरुङ काठमाडौं लुम्बिनी रेलवेको काम छिटो अघि बढाउन सक्दा लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्नुको साथै यो क्षेत्र महत्वपूर्ण सम्पर्क विन्दु हुन सक्ने चिनिया टोलीलाई जानकारी गराए।उनले कालीगण्डकी करिडोरले बढाउने कनेक्टिभिटी र ल्याउने अवसरबारे विस्तृत अध्ययन गर्नुपर्ने खाँचो औंल्याए । प्राध्यापक लिउ वेइतौले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको विकासको नयाँ मोडेल बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामार्फत चीनले आफूसगैं छिमेकको विकास र उन्नतीलाई जोड्न चाहेको बताएको अनलाइनखबरले लेखेको छ।

यस विषयमा मुख्यमन्त्रीसंग भएको छलफल महत्वपूर्ण भएको आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्ने चिनियाँ टोलीले मुख्यमन्त्रीसँगको छलफलमा बताएको थियो।

जानकारी तथा लेखहरु