फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय पेट्रोलियम पाइपलाइन काठमाडौंसम्मै पुर्याउने योजना

(GMT+08:00) 2019-08-06 13:31:25
नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रूतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने गृहकार्य सरकारले सुरु गरेको छ। भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई काठमाडौंसम्मै विस्तार गर्नेगरी तयारी थालिएको हो।

नेपाल आयल निगमकै खर्चमा निमार्णाधीन सडकमा पाइपलाइन बिच्छ्याउन सकिने सम्भावनाबारे स्थलगत अध्ययनका लागि राय माग्दै रक्षा मन्त्रालयलाई पत्र पठाइएको वाणिज्य सचिव केदारबहादुर अधिकारीले बताउनुभयो। 'फाष्ट ट्र्याक र पेट्रोलियम पाइपलाइन एकैपटक सम्पन्न हुनेगरी काम अगाडि बढाउन छलफल चलेको छ,' उहाँले भन्नुभयो।

नेपाल आयल निगमको प्रस्तावमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफललाई तीव्रता दिएको मन्त्रालयले जनाएको छ। काठमाडौंसम्म पाइपलाइन ल्याउन आयल निगमको प्रस्तावमा प्रधानमन्त्री पनि सकारात्मक रहेको अनलाइनखबरले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानराज पाण्डेले द्रुतमार्गमा पाइपलाइन बिछ्याउनेबारे सम्भाव्यता अध्ययनका लागि स्थलगत रेकी गर्न नेपाली सेनालाई पत्र प्राप्त भएको बताउनुभयो। नेपाली सेनाले तयार गरेर सरकारलाई बुझाएको द्रुत मार्गको डीपीआरमा भने पाइपलाइनबारे उल्लेख छैन । यद्यपि, सरकारले आयोजना अगाडि बढाउन तयार भयो र सम्भाव्यता देखियो भने नेपाली सेना तयार रहेको प्रवक्ता पाण्डेको भनाइ छ।

जानकारी तथा लेखहरु