फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन रसुवागढी नाका सहित रसुवा जिल्लाबाट एक वर्षमा सबैभन्दा बढी राजश्व संकलन

(GMT+08:00) 2019-08-06 13:34:22

रसुवामा एक वर्षमा १० अर्ब ७४ करोड राजस्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रकको कार्यालय रसुवाका अनुसार जिल्लामा १० अर्ब ७४ करोड एक लाख ७३ हजार चार सय ५५ रुपयाँ राजस्व संकलन भएको छ। आर्थिक वर्ष ०७५/७६ मा सबैभन्दा बढी रसुवागढी भन्सार कार्यालयले राजस्व संकलन गरेको छ। कार्यालयले साउनदेखि असार मसान्तसम्ममा १० अर्ब ५७ करोड ३१ लाख १७ हजार दुई सय ५९ रुपैयाँ राजस्व संकलन गरेको छ। जुन जिल्लामा उठेको राजस्वको ९८.४४ प्रतिशत हो।

लाङटाङ राष्ट्रिय निकुञ्जले चार करोड ४१ लाख ६९ हजार, अध्यागमन कार्यालयले ९२ लाख ६४ हजार, ट्राफिक प्रहरीले ४७ लाख ५२ हजार र जिल्ला प्रशासन कार्यालय रसुवाले ४४ लाख तीन हजार राजस्व संकलन गरेको नागरिकन्यूज डटकमले लेखेको छ।

रसुवागढी नाकामा कारोबारमा वृद्धि, पर्यटक आगमन बढेको, सवारी साधनको कार्बाही बढ्दै गएको र राहदानी बनाउने क्रम बढेको कारण राजस्व संकलन पनि बढेको हो।

जानकारी तथा लेखहरु