फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा उद्योग सम्मेलन हुने

(GMT+08:00) 2019-08-06 13:36:13
साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस २०१९ को अवसरमा नेपाल युवा उद्योग सम्मेलन हुने भएको छ। कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले यो सम्मेलनबाट युवामा नयाँ ऊर्जा थपिने बताउनुभयो। स्वदेशमै रोजगारीको वातावरण बनाउन तीनै तहका सरकार लागिपरेको भन्दै उनले आर्थिक उपार्जन, रोजगारी र उद्यमशीलतामा जोड दिन सरकारको ध्यानाकर्षण भएको बताउनुभयो।

सम्मेलनले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने वातावरण बनाउने तथा सरकारको युवा नीतिलाई पनि सहयोग पुग्ने अपेक्षा छ। ७३ देखि ८३ सालसम्मलाई सरकारले युवा परिचालन वर्षको रुपमा घोषणा गरिसकेकाले बढ्दो युवा बेरोजगारी कम गर्न सम्मेलन कोशेढुंगा हुनेछ। कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले उद्यमशीलता र युवा शिक्षालाई जोड दिन सम्मेलन आयोजना गरेको बताउनुभयो।

युवा तथा खेलकुद् मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को आयोजनामा सञ्चालन हुने उक्त सम्मेलनमा प्रदेश नम्बर ३ का युवाको सहभागितामा विशेष जोड दिइएको छ। सम्मेलनले 'शिक्षामा रुपान्तरण, उत्पादनशीलता र नवप्रवर्तन' नारा सहित गुणस्तरीय र व्यावसायिक शिक्षाको माध्ययमबाट शिक्षामा रुपान्तरण गर्ने र सोको प्रतिफल स्वरुप युवामा उद्यमशीलताको विकास, स्वरोजगार र नवप्रवर्तनमा टेवा पु-याउने अपेक्षा रहेको नागरिक न्यूज अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु