फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा नेपाल झल्किने एउटा सांस्कृतिक केन्द्रको स्थापना हुने

(GMT+08:00) 2019-08-07 16:15:35

चीनको राजधानी पैचिङमा नेपाल झल्किने एउटा केन्द्रको स्थापना हुने भएको छ। जहाँ नेपाली कलाकृति, गीतसङ्गीतको कार्यक्रमसँगै नेपाली खानाको स्वादसमेत लिन पाइने छ। पैचिङको उत्तरपूर्वी जिल्ला मियूनमा करिब ३४० वर्गमिटर क्षेत्रफल ओगटिएको उक्त नेपाल सांस्कृतिक आदान–प्रदान केन्द्र सन् २०२१ सम्ममा खुला गर्ने तयारीका साथ काम जारी छ। चीन सरकारबाट केन्द्र स्थापनाका लागि पाएको जग्गामा १ मिलियन यूआन खर्च भइसकेको यस केन्द्रका सञ्चालक छ्याउ को चिनको भनाइ रहेको अन्नपूर्णपोस्टले लेखेको छ।

नेपाली पौभाचित्रका सौखिन उहाँले नेपाली संस्कृति निकै उत्कृष्ट भएको बताउनुभयो। विगत १२ वर्षदेखि नेपाली पौवा चित्र संकलन गर्दै आएका उहाँले पैचिङमा नेवारी पौभा ग्यालरी समेत सञ्चालन गर्दैआउनुभएको छ। यी पौवा चित्रहरू चीनभित्र आयोजना हुने विभिन्न प्रदर्शनीमा पनि राखिन्छन्।

नेपाल हस्तकला महासंघका अध्यक्षसहितको टोली हाल चीनको छिङहाई प्रान्तमा आयोजना हुन गइरहेको चीन छिङहाई अन्तर्राष्ट्रिय कार्पेट तथा हस्तकला प्रदर्शनीमा सहभागी हुन चीन आएका हुन्। हस्तकला महासंघका कार्यकारी बोर्ड सदस्य जीवन शाक्यका अनुसार नेपाल सरकारले हस्तकला तथा हातबाट निर्मित वस्तुको चीन निर्यातमा पहल गर्नुपर्दछ। छ्याउसँग विगत १२ वर्षदेखि नेपाली पौवाको प्रचारका साथै चीन र नेपालबीच सांस्कृतिक पुलको रुपमा काम गर्दैआएका ठमेल अवस्थित थाङ्का हाउसका निर्देशक वीरेन्द्र शाही बताउनुहुन्छ।

जानकारी तथा लेखहरु