फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०२० भ्रमण वर्षलाई सफल पार्न नेपाली सेनाले पनि गतिविधि गर्ने जना

(GMT+08:00) 2019-08-07 16:20:29
सरकारको स्न २०२० को भ्रमण वर्षलाई सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्तिस्थापना कार्यसम्वन्धी गोष्ठिसम्म आयोजना गर्ने भएको छ। रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिनुभयो। सरकारले भ्रमण बर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्दै उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचार प्रसारलाई तीव्र तुल्याएको छ।

प्रधानसेनापति थापाले भन्नुभयो, "नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही कन्ट्रिव्यूट गर्नुपर्छ भनेर बहुराष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथ आरोहण, जंगल सफारी र लामो पदयात्रा, उच्च तथा समथर भू–भागमा सहासिक खेल ट्राईथलन र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिने छ।"

संयुक्त राष्ट्रसघीय शान्ति स्थापना कार्य सम्वन्धी सेमिनार, नेपालको गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्याराग्लाइडिङजस्ता खेलकुदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई आकर्षण गरिने जनाउँदै प्रधानसेनापति थापाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सेनाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। यो खबर गोरखापत्र अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु