फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अवैध रूपमा मलेसिया बसेका नेपालीलाई फर्किने ६ महिनाको समय

(GMT+08:00) 2019-08-07 16:25:49

मलेसिया सरकारले विविध कारणले मलेसियामा अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई आ–आफ्नो देश फर्कन छ महिनाको अवसर दिएको छ। अवैध कामदारलाई घर फर्किनका लागि दिएको समय बिहीबार वा अगस्ट १ तारिखदेखि सुरु भएको छ। त्यहाँको सरकारले साउन १६ गतेदेखि आउँदो पुस १५ गते (अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिख)सम्मका लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिइएको हो। मलेसिया सरकारले ल्याएको 'ब्याक फर गुड' कार्यक्रममार्फत अवैधानिक रूपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउने छन्।

भिसा र राहदानीको म्याद सकिएर अवैधानिक रूपमा मलेसियामा बसिरहेका सबै तोकिएको समयभित्र आ–आफ्नो देश फर्किसक्नुपर्नेछ। यो कार्यक्रम अवैधानिक रूपमा मलेसियामा बसेका नेपाली कामदारका लागि निकै ठूलो अवसर भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

स्वदेश फर्किन चाहने कामदारले स्वदेश फर्किनका लागि मलेसियन सरकारलाई जरिवाना स्वरूप ७०० रिङ्गिट र राहदानी नभएकाहरूले एकतर्फी यात्रा अनुमतिपत्रका लागि १६० रिङ्गिट तिर्नुपर्नेछ। एकतर्फी यात्रा अनुमतिपत्र बनाएर मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालय जानुपर्छ।

त्यहाँ गएर आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको प्रतिलिपि अनिवार्य लैजानुपर्ने हुन्छ । नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल जाने मिति अध्यागमन कार्यालय गएको सात दिनभित्रको हुनुपर्नेछ । अध्यागमनमा जाँदा सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्छ।

जानकारी तथा लेखहरु