फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको छिङ्हाईमा भएको अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालमा ३० स्टल

(GMT+08:00) 2019-08-08 13:47:59

नेपालसहित ४० देशका ६ सयभन्दा बढी उद्योगी/व्यवसायीको संलग्नतामा चीनको छिङ्हाई प्रान्तमा पाँच दिने अन्तर्राष्ट्रिय गलैंचा तथा हस्तकला प्रदर्शनी सुरु भएको छ । तिब्बतसँग सीमा जोडिएको छिङ्हाई प्रान्तमै सबैभन्दा ठूलो मानिने यस प्रदर्शनीमा एसिया, युरोप, अफ्रिका लगायतका देशका व्यवसायीसागै बेइजिङस्थित विभिन्न देशका कूटनीतिज्ञहरू प्रदर्शनी स्थलमा पुगेका छन। प्रदर्शनीमा नेपालका २५ हस्तकला र ५ वटा गलैंचा स्टल छन्।

गलैंचा उत्पादन गर्ने देशहरूमध्ये नेपालको गलैंचा औपचारिक क्षेत्रबाट निर्यात नहुने र तिब्बती बाटो भएर चीन पुग्दा नेपाली कार्पेटको पहिचान नै गुमेको नेपाली व्यवसायीको गुनासो छ। मेलामा सहभागी भएका विवेक कार्पेट भक्तपुरका व्यवसायी छत्रलाल श्रेष्ठले कर वा व्यवस्थापनको सम्पूर्ण जिम्मा व्यवसायी आफैंले गर्नुपर्ने तर सरकारले नहेर्ने भएकाले नेपाली गलैंचाले अन्तर्राष्ट्रिय बजारमा प्रतिपर्धाका लागि आत्मविश्वास गुमाएको बताउनुभयो।

नेपाल हस्तकला महासंघले पनि प्रदर्शनीमा थाङका, मूर्तिलगायत प्रदर्शनी गरेको छ। महासंघले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सामग्री समावेश गरेको छ। चीनले अघि सारेको बेल्ट एन्ड रोड (बीआरआई) को भावनामा रहेर चीन तथा विभिन्न मुलुकबाट पुगेका कूटनीतिज्ञ, व्यवसायी तथा उद्योगी नेताहरूले अन्तरक्रिया पनि गरेका छन् । अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालको पर्यटन, लगानी वातावरण, सरकारले दिएको सहुलियत, सरकारका वैदेशिक लगानीसम्बन्धी नीति, नेपाल भ्रमण वर्ष २०२० का लागि उपयुक्त गन्तव्य तथा आकर्षक क्षेत्रहरूबारे जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु