फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पमा क्षतिग्रस्तमध्ये ३ सय ८० सम्पदाको पुनर्निर्माण सम्पन्न

(GMT+08:00) 2019-08-08 13:57:50

१२ वैशाख २०७२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदामध्ये ३ सय ८० सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माण सकिएकामध्ये विश्व सम्पदा सूचीभित्र ९६ सम्पदा रहेका छन् । विश्व सम्पदा सूची बाहिर २ सय ८४ वटा छन्। सम्पदा पुनर्निर्माणमा २अर्ब १२ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले उल्लेख गरेको छ।

पुनर्निर्माण सम्पन्न सम्पदामा हनुमानढोका दरवार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनर्स्थापना तथा तलेजु मन्दिर मुख्य छन्। त्यसैगरी, भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिध्दिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायणलगायतका मन्दिरहरुको पुनर्निर्माण कार्य सम्पन्न भएको प्राधिकरणले उल्लेख गरेको छ। चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहारलगायतका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ। त्यस्तै पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्ऽको सालिक पुनर्स्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण भएको छ । ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्यसमेत गरिएको छ । त्यसैगरी थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपा लगायतका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण भैसकेको छ।अनलाइनखबरका अनुसार भूकम्पबाट कुल ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक महत्व बोकेका सम्पदाहरुमा क्षति पुगेको थियो।

जानकारी तथा लेखहरु