फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमै उड्डयन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने योजना

(GMT+08:00) 2019-08-08 13:59:58

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमै उड्डयन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने योजना सार्वजनिक गर्नुभएको छ। बुधबार मन्त्रालयमा पत्रकारसँगको भेटमा मन्त्री भट्टराईले ५० लाख रुपैयाँ तिरेर पाइलट कोर्स अध्ययन गर्न विदेश जानुपर्ने बाध्यता तोड्दै देशभित्रै पाइलट उत्पादन गर्न उक्त योजना ल्याउन लागेको बताउनुभयो।

महँगो शुल्क तिरेर पाइलट कोर्स गर्न विदेश जानुपर्ने अवस्था बन्द गर्दै विदेशमा लाग्नेभन्दा कम लागतमा स्वदेशभित्रै अध्ययनको व्यवस्था गर्न फ्लाइङ स्कुलको अवधारणा ल्याउन खोजेको उहाँको भनाइ छ। उक्त योजनामा सरकार र वायुसेवा कम्पनीबाट सहयोग पुग्ने उहाँको विश्वास छ। वायुसेवा कम्पनीलाई पनि पाइलट चाहिने भएकाले विद्यालय योजनामा लगानी गर्न सक्ने उहाँको भनाइ छ। नागरिकन्यूज अनलाइनले लेखे अनुसार विद्यालय स्थापनासम्बन्धी विस्तृत योजना केही दिनमा सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो।

राष्ट्रिय ध्वजाबाहकलाई अन्तर्राष्ट्रिय स्तरमा शान देखाउन सक्ने बनाउन आफूले निगमभित्र रहेको भेन्टिलेसन खोल्ने योजना रहेको उहाँले खुलाउनुभयो। विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको काम वायुसेवा निगमले नै सम्हाल्न सक्ने बताउँदै उहाँले अन्तर्राष्ट्रिय स्तरकै सुविधायुक्त नयाँ बस किन्न अनुमति दिइसकेको जनाउनुभयो। निगममाथि लागेको प्रतिबन्ध हटाएर युरोपको आकाशमा राष्ट्रिय ध्वजाबाहक उड्ने वातावरण बनाउन सरकार लागिपरेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु