
दोश्रो 'मेरो मनमा चीन' माध्यामिक तथा प्राथिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिताको पुरस्कार वितरण समारोह आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आजका बालबालिका भोलिका राष्ट्रका कर्णाधार भएको बताउनुभयो। उहाँले भन्नुभयो, 'जसरी हामीले बालबालिकाका बारेमा संवेदनशील भएर विकास क्षमताका लागि प्रयत्न गरेका छौं, त्यसका लागि चिनियाँ राजदूतावासलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।'

नेपालका लागि चिनियाँ राजदूत हौ येन छीले साँस्कृतिक आदान प्रदानले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, 'नेपालका लागि चिनियाँ दूतावासले रङ्गीचङ्गी सांस्कृतिक आदान-प्रदानका गतिविधिमार्फत चीनको इतिहास र संस्कृतिबारे अझ बढी नेपाली जनतालाई अवगत गराएको छ। यसका अतिरिक्त चिनियाँ जनताले नेपाली कला प्रदर्शनी लगायतका चौतारोमार्फत नेपालको रमणीय प्राकृतिक दृश्यको अवलोकन गरेका छन्।'

प्रतियोगितामा १२६ वटा विद्यालयका २६०० भन्दा बढी प्रतियोगी विद्यार्थीहरूले चित्र कोरेका छन्। ती मध्ये दुईजना प्रथम, चार जना द्वितीय र ७ जनालाई तृतीय पुरस्कार प्रदान गरिएको छ।