फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानसरोवर कैलाश जाने पर्यटकको सङ्ख्या पचपन्न सय पुग्यो

(GMT+08:00) 2019-08-09 14:15:06

नेपालको हुम्ला जिल्ला हुँदै चीनको स्वायत्त प्रदेश तिब्बतको मानसरोवर कैलाशको दर्शन गर्ने भारतीय धार्मिक पर्यटकहरुको सङ्ख्या पाँचहजार पाँच सय पुगेको छ। पर्यटकहरु आगमन भए पनि यो संख्यामा विगत भन्दा निक्कै कम भएको बताइएको गोरखापत्र अनलाइनले लेखेको छ।

गतवर्ष यही समयसम्म आठहजार भन्दा बढी भारतीय पर्यटकहरुको आगमन भएको थियो। यस वर्ष सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरुको सख्या घट्ने भएको छ।

साउन महिना लागेपछि १२ दिनसम्म पर्यटकहरु आउन बन्न भए पनि साउन २२ गतेबाट फेरि भारतीय धार्मिक पर्यटकहरु आउन सुरु भएको छ। दुई दिनमा ७३ जना पर्यटकहरु सिमकोट हुँदै हिल्साका लागि आएका छन्।

यो क्रम अझै केही दिन जारी रहने पर्यटन व्यवसायी विजय लामाले बताउनुभयो। बिहीबारसम्म हुम्ला हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय पर्यटकहरुको सङ्ख्या पाँच हजार पाँच सय पुगेको प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो। यसमा दुई हजार ५२१ जना महिला पर्यटकहरु पनि रहेका छन्। रसुवाको केरुङ नाका छोटो र काठमाडौंबाट हेलिकोप्टरबाट सिधै केरुङमा उडान हुन थालेपछि सबै उतैतिरबाट जान थालेका हुन्।

गतवर्ष दश हजार ८५७ जना भारतीय पर्यटकहरुले मानसरोवर कैलाशको यात्रा हिल्सा हुँदै गरेका थिए। त्यो भन्दा अघिल्लो वर्ष १२ हजार ५३४ जनाले यात्रा गरेका थिए।

सन् २०१७ बाट हुम्ला हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय पर्यटकहरुको सुरुवात भएपछि होटेलमा लगानी गर्न पुगेका हुम्लाका युवा व्यवसायी पर्यटकहरुको आगमन घटेकाले निरास हुन थालेका छन्।

होटेल मानसरोवरका सञ्चालक टेकबहादुर रावतका अनुसार सिमकोट र हिल्सामा पर्यटकहरुलाई लक्षित तीन दर्जन होटेलहरु संञ्चालनमा रहेका छन् ।

जानकारी तथा लेखहरु