फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको सात नम्बर प्रदेशमा २०४ मेगावाट सौर्य ऊर्जाको सम्भावना

(GMT+08:00) 2019-08-09 14:18:53

नेपालको सुदूरपश्चिम प्रदेशमा २ सय ४ मेगावाट सौर्य ऊर्जा उत्पादनको सम्भाव्यना रहेको एक अध्ययनले देखाएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०६५-६६ मा गरेको उर्जासम्बन्धी अध्ययनले २०३ दशमलव ७५ मेगावाट सौर्य ऊर्जा उत्पादनको सम्भावना देखाएको कारोबार अनलाइनले लेखेको छ। सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५-७६ मा गरेको ऊर्जासम्बन्धी अध्ययनमा बझाङमा ३५.४२, कैलालीमा ३२.०८, दार्चुलामा २४.१७, बाजुरामा २३.७५, डोटीमा २१.६७, अछाममा १८.३३, बैतडीमा १६.२५, डडेल्धुरामा १६.२५ र कञ्चनपुरमा १५.८३ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने जनाइएको छ।

अध्ययनका अनुसार प्रत्येक जिल्लाको कुल भूभाग मध्ये ०.०५ प्रतिशत जमिनमा सोलार प्यानल राख्दा सो क्षमताका विद्युत् उत्पादन हुने देखिएको हो। सो क्षमताको सौर्य विद्युत् उत्पादनका लागि ९९० हेक्टर जमिन आवश्यक पर्ने अध्ययनले जनाएको छ।त्यसैगरी, विभिन्न समयमा जलविद्युत् उत्पादन तथा सर्भेका लागि विद्युत् विकास विभागले निजी क्षेत्रलाई अनुमति दिएका, विभागले अध्ययन गरी बास्केटमा राखेका, अध्ययन गरेका र अध्ययन गरिरहेको तथा उत्पादन सुरु गरेका आयोजनाबाट सुदूरपश्चिममा १ हजार ८ सय २९ दशमलव ६४ मेगावाट जलविद्युत् उत्पादन हुने जनाइएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्दै मन्त्रालयका सचिव इन्द्रदेव भट्टले सुदूरपश्चिम प्रदेशमा जलविद्युत् सम्भावना कम रहेको जिल्लामा सौर्य ऊर्जाको सम्भावना बढी देखिएको बताए। उनले प्रदेशका सबै जिल्लामा प्राकृतिक रूपमा उर्जाको वितरण समान रहेको दाबी गर्नुभयो।

जानकारी तथा लेखहरु