फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा साढे ३९ करोडको तरकारी आयात

(GMT+08:00) 2019-08-09 15:04:24

नेपाल सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको बताइरहेका बेला विराटनगर भन्सार नाकाबाट मात्रै साढे ३९ करोडभन्दा बढीको तरकारी आयात भएको छ। गत आर्थिक वर्ष २०७५-७६ मा पूर्वको प्रमुख भन्सार नाकाका रूपमा रहेको विराटनगरबाट ३९ करोड ५५ लाख ५३ हजार मूल्य बराबरको तरकारी आयात भएको भन्सारले बताएको कारोबार अनलाइनले लेखेको छ। सरकारले कृषिजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न योजना अघि सारे पनि आयात हरेक दिन बढ्दै गरेको छ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलका अनुसार आलु, प्याज, खुर्सानी, सुकेको लसुन, विभिन्न खाले हरियो तरकारी, केराउ, बोडी, चना, दाल कागतीलगायत आयात भएको थियो। यो अवधिमा विराटनगर नाकाबाट ११ लाख ८८ हजार किलोग्राम दालमात्रै आयात भएको थियो।

३८ करोड ९ लाख ६५ हजार मूल्य बराबरको फलफूल पनि आयात भएको छ। स्याउ, आँप, लिची, अनार, तरबुजालगायतका फलफूल आयात भएको सूचना अधिकृत पौडेलले जानकारी गराउनुभयो। फलफूल र तरकारी आयातबाट राज्यलाई १० करोड ७९ लाख २० हजार राजस्व प्राप्त भएको छ। वैदेशिक रोजगारीका कारण कृषिजन्य उत्पादनमा ह्रास आएको छ। स्वदेशी उत्पादनमा ह्रास आउँदा हरेक दिन आयात बढ्दै गएको छ।

जानकारी तथा लेखहरु