फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राधिकरणलाई वर्षायाममै कुलेखानीको 'बोनस'

(GMT+08:00) 2019-08-11 14:52:07

मकवानपुरको कुलेखानी जलासयले यो वर्ष नेपाल विद्युत प्राधिकरणलाई 'बोनस' विजुली र आम्दानी दिएको छ। गत असार अन्तिम साता नै कुलेखानी जलासय भरिएपछि हाल कुलेखानीका दुईवटै आयोजनाबाट विजुली उत्पादन भइरहेको अनलाइन खबरले लेखेको छ।

यसबाट प्राधिकरणले वर्षातकै महिनामा करिब २० लाख युनिट विजुली उत्पादन गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। विजुलीको बजार मूल्य अनुसार प्राधिरकणले हाल महिनामा ६० करोडको आम्दानी कुलेखानीबाटै गरिरहेको छ। प्राधिकरणले कुलेखानी जलासयलाई उच्च निगरानीमा राखेर सहत घटाउन प्रयत्न गरिरहेको छ।

हाल जलासयको करिब १५ सय ३० मिटरमा भरिन्छ। प्राधिरकणले विजुली उत्पादन गर्न थालेपछि यसको तह हाल १५२५ मिटरमा झरेको छ। अझै वर्षतको समय बाँकी नै रहेकाले प्राधिरकणले कुलेखानीको सतह घटाउन आयोजना चलाइरहेको छ। गत वर्षहरुमा जलासय भर्न वर्षायामभरि कुलेखानी आयोजना बन्द गरेर राखिन्थ्यो। दशैंसम्म जलासय भरिएपछि मागलाई व्यवस्थापन गर्ने गरी मात्रै कुलेखानी केही घण्टाका लागि खोलिन्थ्यो।

तर, यससपटक वर्षायाम जारी रहँदै गर्दा नै प्राधिकरणले कुलेखानीका ६० र ३२ मेगावाटका दुबै पावर प्लान्ट चलाउन पाएको छ।

कुलेखानीको जलाधार क्षेत्रमा हाल वर्षाको अवस्था सामान्य हुँदा कुलेखानीमा पानीको सतह बढ्ने क्रम जारी नै छ। वर्षा घटेपछि गरिएको मापनमा पनि कुलेखानीको सतह प्रति १० मिनेटमा १ सेन्टिमिटरसम्म बढेको पाइएको थियो।

यसअनुसार ६० मिनेट अर्थात् एक घण्टामा कुलेखानीमा ६ सेन्टिमिटरसम्म पानी भरिने अवस्था थियो। त्यसैलाई ध्यानमा राखेर कुलेखानीका दुबै पावर हाउस चलाइएको छ।

फेरि भारी वर्षा भएमा केही दिनमै कुलेखानी भरिने अवस्था प्राधिरकण बताउँछ। कुलेखानीको पानीको सतहलाई प्राधिकरण, स्थानीय प्रशासन र नेपाली सेनाले निगरानी र सुरक्षा विश्लेषण गरिरहेका छन्।

कुलेखानी जलायस भरिएर खोल्नु परेमा मकवानपुर, रौतहट लगायतका जिल्लाका तल्लो तटीय क्षेत्रका जिल्लाका बासिन्दालाई असर पार्न सक्छ।

क्षमताभन्दा बढी पानी राख्दा बाँधमा जोखिम हुने भएकाले कुलेखानी भरिनासाथ खोल्नुपर्ने छ। आसर अन्तिम साता भएको अबिरल वर्षामा कुलेखानी जलासयमा प्रतिघण्टा १.७८ मिटरसम्म पानीको सहत बढेको थियो। यस्तो अस्वभाविक रुपमा पानीको सतह बढ्दा सामान्य रुपमा असोजमा भरिने कुलेखानी यो वर्ष साउन नलाग्दै भरिन लागेको छ।

गत असार २९ गते कुलेखानी भरिने अवस्था आएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेर तल्लो तटीय क्षेत्रका बसिन्दालाई सुरक्षित रहन आग्रह गरेको थियो।

त्यसलगत्तै वर्षा कम भएपछि कुलेखानी आयोजना पूर्णरुपमा चलाउँदा पानीको सतह व्यवस्थापन भयो। तर, प्राधिरकण अहिले पनि ढुक्क भएर बस्ने अवस्था नरहेको बताउँछ। 'नेपालको ऊर्जा ब्याकअप' भनिने कुलेखानी आयोजना पूर्ण क्षमतामा चलिरहँदा देशभरका सबै आयोजना लगभग पूर्ण क्षमतामा चलेका छन्।

यसका कारण भारतबाट ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनबाट आउने १५० मेगावाट बाहेकका धेरैजसो प्रसारणलाइनबाट हुने विजुली आयात लगभग बन्द जस्तै छ। बरु नेपालले विभिन्न समयमा बढी भएको विजुली विजुली भारत पठाउँदैछ।

विभिन्न प्रसारणलाइनबाट भारतको बिहारतर्फ विजुली निर्यात भइरहेको छ। नेपालले विद्युत् आदान प्रदान समितिमार्फत विजुली भारत पठाउने गर्छ।

जानकारी तथा लेखहरु