फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आजदेखि श्री एयरलाइन्स बनारस परीक्षण उडान

(GMT+08:00) 2019-08-12 15:21:17

आन्तरिक उडान मात्रै गर्दै आएको नेपालको श्री एयरलाइन्सले अब अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। श्रीले आजदेखि भारतको बनारसमा परीक्षण उडान गर्ने भएको नेपाल खबर अनलाइनले लेखेको छ।

अन्तर्राष्ट्रिय उडानका लागि श्री एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमतिका लागि आवेदन दिएको थियो। परीक्षण उडानपछि मात्रै अन्तर्राष्ट्रिय उडानको अनुमति पाउने कम्पनीले बताएको छ। अन्तर्राष्ट्रिय उडानका लागि अनुमति लिने काम अहिले प्रक्रियामा रहेको श्रीले जनाएको छ।

यता नेपाल नागरिक उड्डयन प्राधिकरणले टेस्टका लागि परीक्षण उडान हुन लागेको जनाएको छ।'अहिले प्रकृयामा रहेको छ। चार्डर फलाइट गर्ने अहिले होइन। सोमबारदेखि गर्ने भनिएको टेस्ट फ्लाइट मात्र हो। यसमा जहाजको कस्तो अवस्था रहेको छ। यसले यात्रुलाई कस्तो सुविधा प्रदान गर्न सक्छ भन्ने टेस्टमात्र गर्न लागिएको हो', नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भन्नुभयो। आज भारतको बनारस परीक्षण उडान गरी सकेपछि एउटा प्रक्रिया पूरा हुने उहाँले बताउनुभयो।

कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि दुई टर्बोप्रोब क्यू ४०० जहाज र बम्बार्डियर कम्पनीको तीन वटा ७८ सिट क्षमताको विमान ल्याउने तयारी गरिरहेको छ। टर्बोप्रोब सञ्चालनका लागि कम्पनीले तीन जना पाइलट र तीन जना को पाइलटलाई इथोपियन एयरलाइन्समा तालिमका लागि पठाएको छ।

अहिले श्री एयरलाइन्ससँग जेट इन्जिन र बम्बार्डियर ७८ सिट क्षमताको सीआरजे ७००, ५० सिट क्षमताको सीआरजे २०० मोडेलका तीनवटा जहाज रहेका छन्। श्रीले सरकारले इजाजत दिएमा भारतबाहेक तेस्रो देशहरुमा पनि उडान गर्न आफू सक्षम रहेको दावी गर्दै आएको छ। कम्पनीले बंगलादेश, थाईल्याण्ड, चीन र खाडी मुलुकहरुमा अन्तर्राष्ट्रिय उडान गर्ने जनाइएको छ।

आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न श्रीले आफ्नो व्यापारिक योजनालाई फराकिलो बनाएको जनाएको छ। श्री एयरलाइन्सले अहिले आन्तरिक अन्तर्गत भद्रपुर, बिराटनगर, भैरहवा नेपालगञ्ज र धनगढीमा उडान गर्दै आइरहेको छ। श्री एयरलाइन्ससँग अहिले ३ वटा जहाज छन्।

क्यानडाको बम्बार्डियरबाट उत्पादित सीआरजे सिरिजका तीनवटा जेट विमान नै अन्तर्राष्ट्रिय उडान भर्नका लागि प्रयोग गर्ने श्रीले जनाएको छ।

जानकारी तथा लेखहरु