फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रतिव्यक्ति विद्युत् खपत १५ सय युनिट चुनौतीपूर्ण

(GMT+08:00) 2019-08-13 14:58:42

सरकारले निर्धारण गरेको सन् २०२३ भित्र प्रति व्यक्ति विद्युत् खपत ७ सय किलोवाट आवर (युनिट) र सन् २०२८ सम्म १५ सय युनिट पु-याउने लक्ष्य हासिल गर्न चुनौतीपूर्ण देखिएको छ।

अहिलेको विद्युत् माग, पहुँच र आपूर्तिको आधारमा विज्ञहरूले हाल करिब २ सय युनिटको हाराहारीमा रहेको विद्युत् खपत लक्ष्य अनुसार पु-याउन चुनौतीपूर्ण देखाएका कारोबार अनलाइनले लेखेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जारी गरेको श्वेतपत्र र सरकारको बजेट कार्यक्रममा समेत सो लक्ष्य राखिएको छ। मन्त्रालयको संरक्षकत्वमा एआईटी आल्मुनाई एसोसियसन नेपालले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासबारे आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै एआईटीका इमिरेट्स प्राध्यापक डा. राममनोहर श्रेष्ठले पछिल्लो तीन वर्षमा नेपालको समग्र वृद्धिदर १५.१ प्रतिशत रहेको उल्लेख गर्दै २०२३ मा ७ सय युनिटको लक्ष्य हासिल गर्न २२ प्रतिशत र २०२८ को १५ सय युनिटको लक्ष्य हासिल गर्न २० प्रतिशतको वृद्धि हुनुपर्ने उल्लेख गर्नुभयो।

विश्व बैकको सन् २०१८ को तथ्यांकले प्रतिव्यक्ति खपततर्फ वंगलादेशको ३२५, चीनको ३७५४, भारतको ८३८, पाकिस्तानको ४८६ र श्रीलंकाको ६०० युनिट रहेको देखाएको छ। जल तथा ऊर्जा आयोगले सन् २०१५ मा तयार गरेको माग प्रक्षेपणको अध्ययन विश्लेषण गर्दे कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ७.२ प्रतिशत वृद्धि हुँदा सन् २०२५ मा ५३१, नीतिगत हस्तक्षेप हुँदा ८०१, ९.२ प्रतिशत वृद्धि हुँदा ५९१ त्था नीतिगत हस्तक्षेप हुँदा ८६७ युनिट मात्र पुग्ने उल्लेख गरेका छन्। सन् २०३० मा ७.२ प्रतिशतको वृद्धिमा ८९१ र नीतिगत हस्तक्षेप भएमा १२६१ तथा ९.२ प्रतिशतको वृद्धिमा १०६७ र नीतिगत हस्तक्षेप भएमा १४७४ युनिट पुग्ने उल्लेख गर्दे उहाँले हालदेखि सन् २०३० सम्म लगायत १० प्रतिशतभन्दा बढी वृद्धि भएमा मात्र १५ युनिटको लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्नु भएको छ। उहाँले भारतको जस्तो औद्योगिक विकास भएको देशमा समेत प्रति व्यक्ति विद्युत् खपत कमजोर रहेकोले नेपालमा पु-याउन असम्भव रहेको बताउनुभयो।

ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सागर गौतमले सरकारले विद्युतीय सवारीसाधन प्रवद्र्धनका लागि २० वटा चार्जिङ स्टेशन निर्माण गर्न लागेको जानकारी दिँदै सरकारले विश्लेषण गरेरै प्रति व्यक्ति विद्युत्को खपतको लक्ष्य राखिएकोले सम्भव हुने बताउनुभयो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि प्रतिव्यक्ति खपतको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो। "प्रशारण लाइन र सवस्टेशन भएमा अहिले तत्काल ३ सय मेगावाटको थप माग छ, विद्युतीकरण अघि बढ्दै जाँदा पनि थपिदै जान्छ," उहाँले भन्नुभयो। मन्त्री पुनले भन्नुभयो १० वर्षभित्र १० हजार स्वदेशी खपतसहित १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकोले विद्युत्को पहुँच र खपत दुवै बढाउन सकिने बताउनुभयो। "सरकारले अघि बढाएका लक्ष्यबारे आलोचनात्मक रूपमा सुझाव र टिप्पणी आएका छन्," उहाँले कार्यक्रममा भन्नुभयो, "सबैको सल्लाह अनुसार यसमा पुनर्विचार गर्न सकिन्छ।"

कार्यक्रममा एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. विन्दु लोहनीले ऊर्जाको विकासका लागि लगानी आवश्यक रहेकोले लगानीका लागि देखिएका राजनीति, नीतिगत, विदेशी मुद्रा लगायतका जोखिम हटाउनुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु