फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चीनको रमणीय ग्रामीण जनजीवन सम्बन्धी फोटो प्रदर्शनी

(GMT+08:00) 2019-08-13 18:50:19

चीनका रमणीय ग्रामीण जनजीवनसम्बन्धी फोटो प्रदर्शनी आज अगष्ट १३ तारिख मंगलबारदेखि काठमाडौँमा सुरु भयो। चिनियाँ फोटोग्राफरहरुले खिचेका एक सयवटा फोटोहरुले चीनका दसौँ ग्रामीण क्षेत्रको प्राकृतिक दृश्य,पर्यावरणीय संरक्षण,दैनिक जीवन,संस्कृति लगायतका विषमा जानकारी दिएका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति कान्छाकुमार कर्माचार्यले भन्नुभयो मानव र प्रकृति बीचको एकता र सद्भाव बोकेको यस प्रदर्शनीले चिनियाँ जनताले आफ्ना कलाशैली संस्कृति र प्रकृतिका विविध पक्षलाई जसरी आत्मसात गरिरहेका छन् त्यस प्रकारको माया र प्रेमलाई नेपाली जनतासम्म पुर्‍याएको छ। यस प्रदर्शनीले दुई देशबीचमा रहेको सांस्कृतिक आदानप्रदानलाई पनि बोकेको छ। यस कुराको म उच्च मूल्याङ्कन गर्दछु।

नेपालका लागि चिनियाँ राजदूताबासको राजनीतिक तथा संचार विभाग अन्तर्गत सांस्कृतिक शाखाका प्रमुख छेतान पाइमुले उद्घाटन समारोहमा सम्बोधन गर्दै चीनले नेपालमा आयोजना गरेका सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरु बारे जानकारी दिनुभयो।

उहाँले भन्नुभयो आज यहाँ आयोजना गरेको रमणीय ग्रामीण सम्बन्धी फोटो प्रदर्शनीले यहाँका सर्वसाधारणलाई चीनका बारेमा अझ जानकारी दिने एक झ्याल प्रदान गर्दछ। यस प्रदर्शनीले केही दिनसम्म चलिरहेको छ।

थाहा भए अनुसार सो फोटो प्रदर्शनी अगष्ट १७ तारिखसम्म नेपाल आर्ट काउन्सिल बरबरमहलमा संचालन हुनेछ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु