फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं सम्मेलन आजबाट काठमाडौंमा

(GMT+08:00) 2019-08-19 13:39:32

एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदै छ। पाँच दिनसम्म चल्ने यो सम्मेलनको नारा 'क्षमताको सीमितता पूरा गर्न सामूहिक प्रयास' राखिएको छ।

सम्मेलनमा ४३ देशका दुई ९१ प्रतिनिधि, २६ प्रवर्द्धक संस्था र अन्य सहभागी गरी करिब चार सय विदेशीको सहभागीता रहने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो।

एसिया प्रशान्त क्षेत्रको हवाई सुरक्षा नीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। यो सम्मेलनबाट प्राप्त सुझाव आगामी अक्टोबरमा हुने आईकाओको वार्षिक सम्मेलनमा प्रस्तुत गरिने छ।

अनलाइनखबरका अनुसार एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको सम्मेलन यसअघि नेपालमा सन् १९७८ र १९९८ मा पनि आयोजना भएको थियो।

जानकारी तथा लेखहरु