फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पनि विश्व फोटोग्राफी दिवस मनाइँदै

(GMT+08:00) 2019-08-19 13:40:36
'हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ' सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटाको प्रयोग व्यापक हुँदै आएको छ । फोटोग्राफीको विकाससँगै कतिपय विकृति पनि बढेका छन्। विशेषतः 'डिजिटलाइज' प्रविधिको प्रयोगसँगै कतिपय अवस्थामा नैतिकता र मर्यादाका प्रश्न पनि उठ्ने गरेका छन्।

सोमबार १८० औँ विश्व फोटोग्राफी दिवस हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीपराज वन्तका अनुसार यति लामो इतिहास पार गरिरहँदा फोटोग्राफीको कला, प्रयोग र प्रविधिबारे नयाँ बहस आउन थालेको छ।

वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले युवापुस्तामा फोटोग्राफीको आकर्षण बढिरहेको अनुभव सुनाउँदै भन्नुभयो, '"फोटो पत्रकार र सोखिन फोटोग्राफर भनेको फरक हो। पत्रकारले नैतिकता, नियम बुझेर फोटाहरू राख्नुपर्छ तर सोखिनले भने जुनसुकै फोटो सामाजिक सञ्जालमा राखेकै हुन्छ, त्यस्तो गर्नु गलत हो।

व्यक्तिगत रूपमा फोटोग्राफर वा फोटो पत्रकारिता गर्नु धेरै राम्रो हो तर यसको नियम, कानुन र नैतिकता बुझेर काम गर्न उचित हुने उहाँको सुझाव छ।

हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ। राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकारका अनुसार संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएकोले यसको सुरुआत भएको दिनलाई विशेष रूपमा स्मरण गर्ने गरिएको छ। औपचारिक रूपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको गोरखापत्र अनलाइनमा खबर छ।

जानकारी तथा लेखहरु