फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले ओपियोड्सको दुरुपयोगमा चीन-अमेरिका व्यापारिक समस्या जोडेकोप्रति सिंगापुरका सञ्चारमाध्यमको धारणा

(GMT+08:00) 2019-08-19 16:33:52
सिंगापुरको "स्ट्रेट्स टाइम्स"का पूर्व मुख्य सम्पादक फङ युआनल्याङले उक्त सञ्चार माध्यममा "भन्सार कर, ओपियोड्स र अफिमबीचको अनौंठो सम्बन्ध" विषयक लेख प्रकाशित गर्नुभएको छ। लेखमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा ओपियोड्सको दुरुपयोग सम्बन्धि संकटलाई चीन तथा अमेरिकाबीचको व्यापारिक समस्यासँग जोड्ने गतिविधि अलमलपूर्ण रहेको उल्लेख गरिएको छ।

उक्त लेखका अनुसार, पूरै विश्वले चीन र अमेरिकाबीचको पछिल्लो व्यापारिक वार्ता सुचारू भएको ठहर गर्दा राष्ट्रपति ट्रम्पले सेप्टेम्बर एक तारिखदेखि तीन खर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि भन्सार कर थप्ने योजना घोषणा गर्नुभयो। उहाँले दिनुभएको कारणहरूमध्येको एक "चीनले फेंट्यानेल अमेरिकामा फैलिनबाट नरोकेको" भन्ने रहेको छ। जसले अमेरिकामा ओपियोड्सको दुरुपयोगलाई चीन तथा अमेरिकाबीच व्यापारिक संघर्षको स्तरमा उठाएको छ। तर यो गतिविधि निकै अलमलपूर्ण देखिन्छ। यदि यो उहाँको वार्ता योजना भएमा हालसम्मको अवस्थाबाट हेर्दा उक्त योजना सफल हुन कठिन हुनेछ। चीन सरकारले अरूको दवावमा वार्ता गर्दैन। ट्रम्पको वक्तव्यले विश्वका लगानीकर्ताहरूलाई अर्बौं अर्ब डलरको क्षति पुर्याएको छ। तर 'शर्ट' गर्ने लगानीकर्ताले अवश्य नै धेरै लाभ कमाउनेछन्। तर अनौठो कुरा के हो भने, यदि केही व्यवसाय र व्यक्तिले उक्त आकस्मिक घोषणाबाट धेरै कमाएमा उनीहरू को को हुनेछन्?

लेखमा यसरी विश्लेषण छ-अमेरिकामा ओपियोड्सको दुरुपयोगको प्रारम्भिक कारण औषधि कम्पनीले उसको लत समस्याबारे पर्याप्त चेतवनी दिएको थिएन। उसले चिकित्सकलाई पनि यो औषधिबारे प्रोत्साहन गर्दै आएको थियो। ओपियोड्सको लत बढेपछि अमेरिका सरकारले सीमित गर्नथाल्यो। त्यसैले दुर्व्यसनीले आक्सिकोडोन, फेंट्यानेल तथा ट्रामाडोल लगायत अवैध वैकल्पिक औषधिको प्रयोग गरेका छन्। वास्तवमा फेंट्यानेलको उत्पादन त्यति गाह्रो होइन। विश्वका कुनै क्षेत्रबाट पनि अमेरिकासम्म सानो प्याकेजको फेंट्यानेल पठाउन सकिन्छ। त्यसैले अमेरिकाले आफ्नो ओपियोड्सको दुरुपयोगको जिम्मेवारी चीनलाई दिने गतिविधि झूटा र वाहियात छ। फेंट्यानेल समस्यामा चीनले पर्याप्त कार्य गरिसक्यो। अमेरिकाको आन्दोलन अनुचित हो।

अमेरिकी फेंट्यानेल समस्याबारे एउटा ऐतिहासिक व्यंग्य छ। किनकि 19औं शताब्दीमा बेलायत बाहेक अमेरिकी कम्पनीले चीनसँगको अफिम व्यापारबाट प्रशस्त लाभ पायो। दुई सय वर्षपछिको वर्तमान अमेरिकाले आफ्नै औषधि कम्पनी र चिकित्सकबाट उत्पन्न औषधि दुरुपयोगको दोषारोपण चीनमाथि गरेको छ। यो कति रमाइलो र व्यंग्यात्मक कुरा हो।

जानकारी तथा लेखहरु