फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानमा भएको आतंकवादी आक्रमणको चीनद्वारा कडा निन्दा

(GMT+08:00) 2019-08-19 18:26:59

चीनले अफ्गानिस्तानमा भएको आत्मघाती बम आक्रमणको कडा निन्दा गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले 19 तारिख नियमित पत्रकार सम्मेलनमा चीनले सबै प्रकारका आतंकवादको दृढताका साथ विरोध गर्ने बताउनुभएको हो।

अफ्गानिस्तानी गृह मन्त्रालयका प्रवक्ताले दिएको जानकारीअनुसार, 7 तारिख काबुलस्थित एउटा मस्जिदमा आत्मघाती बम आक्रमण भएको छ जसबाट कम्तीमा 63 जनाको मृत्यु हुनुका साथै 182जना घाइते भएका छन्।

उग्रवादी संगठन आइएसले उक्त घटनाको जिम्मेवारी दावी गरेको छ।

जानकारी तथा लेखहरु