फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले थाइवानलाई सैनिक विमान बेच्नेबारे चीनको धारणा

(GMT+08:00) 2019-08-19 18:56:20

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 18 तारिख थाइवानलाई प्रशस्त F-16V सैन्य विमानको बिक्री गर्ने घोषणा गर्नुभयो। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्त कङ श्वाङले 19 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले त्यसको कडा विरोध गरेको व्यक्त गर्नुभएको छ।

प्रवक्ता कङका अनुसार, थाइवान समस्या चीनको सार्वभौमिकता तथा भौगोलिक अखण्डता र चीनको केन्द्रिय हितसित सम्बन्धित रहेको छ। चीनले आफ्नो सार्वभौमिकता र सुरक्षाको संरक्षण गर्ने अठोट सुदृढ छ। चीनले अमेरिकासँग थाइवानमा हतियार बिक्री समस्याको गम्भीर जोखिम पूर्ण रूपमा चिनेर एक चीन नीति र दुई देशको तीनवटा संयुक्त विज्ञप्तिको पालना गर्दा हतियारको बिक्री योजना तुरून्तै रूपमा हटाउन, हतियारको बिक्री र थाइवानसँगको सैनिक सम्पर्कलाई रोक्न ताकिता गरेको छ। नत्र भने जसबाट सबै नतिजाको जिम्मेवारी अमेरिकाले वहन गर्नुपर्छ। चीनले परिस्थितिको विकास बमोजिम आवश्यक कदम चाल्नेछ।

जानकारी तथा लेखहरु