फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भन्सार करमा अडिरहँदा अमेरिकाको आर्थिक ह्रासको जोखिममा गति

(GMT+08:00) 2019-08-19 19:02:01

अमेरिकी राष्ट्रिय ऋण बजारमा हाल दश वर्षीय राष्ट्रिय ऋण र दुई वर्षीय राष्ट्रिय ऋणको फाइदा दर उल्टो झुण्डिएको असामान्य अवस्था देखिएको छ। यो लगानीकर्ताद्वारा अमेरिकाको आर्थिक ह्रास भएको मानिएको महत्वपूर्ण चेतावनीको संकेत हो। यसबारे अमेरिकी ह्वाइट हाउसका सल्लाहकारहरूले यही अगष्ट 18 तारिख धेरै कार्यक्रममा सहभागी भए "अमेरिकाको आर्थिक ह्रास नदेखेको" कुरा व्यक्त गरेका छन्। तर पछिल्लो आर्थिक तथ्यांक र भन्सार कर असुलीमा विरोध गर्नेबारेको आवाज सुन्दा अमेरिकाको आर्थिक ह्रासको जोखिम देखिँदै गएको छ।

सामन्यतः राष्ट्रिय ऋणको समय अझै लामो हुने हो भने फाइदा दर बढी हुन्छ। लामो समयको राष्ट्रिय ऋणको फाइदा दर घटेर छोटो समयको राष्ट्रिय ऋणको फाइदा दरभन्दा कमजोर हुने हो भने फाइदा दरको "उल्टो अवस्था" मानिन्छ। यसबाट अर्थतन्त्रमा आगामी बाह्र महिनामा ह्रास हुने अनुमान गरिएको छ। विगत पचास वर्षयता अमेरिकामा विभिन्न आर्थिक ह्रासअघि राष्ट्रिय ऋणको फाइदा दर उल्टो अवस्था देखापरेको थियो। खास गरी यही अगष्ट 14 तारिख अमेरिकाको दश वर्षीय राष्ट्रिय ऋणको फाइदा दर सन् 2007यता दुई वर्षीय राष्ट्रिय ऋणको फाइदा दरभन्दा कम भएको यो पहिलो पटक हो। धेरै लगानीकर्ताहरूलाई चिन्ता लागेको छ। अमेरिकी इलेक्ट्रिक पावरका सी.ई.ओ.अर्थात् प्रमुख कार्यकारी अधिकृत निकोलास अकिन्सले "यो पाठ्यपुस्तकजस्तै आर्थिक ह्रासको पूर्वावलोकन" भएको बताउनुभयो।

आर्थिक वृद्धिको गतिबाट हेर्दा चालू वर्षको पहिलो त्रैमासिक अवधिमा अमेरिकाको कुल गार्हस्थ उत्पादन अर्थात जी.डी.पी.को वृद्धि गति 3.1प्रतिशत, दोस्रो त्रैमासिकमा वृद्धि गति घटेर 2.1प्रतिशत र तेस्रो त्रैमासिक अवधिमा अझै घटेर 1.5प्रतिशत पुगेको छ।

विदेशी व्यापारको निर्यातबाट हेर्दा अमेरिकाको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, चालू वर्षको पूर्वार्धमा अमेरिकाको सामानको आयात-निर्यात रकम गत वर्षको सोही अवधिको तुलनामा 0.2प्रतिशतले घटेको छ, तीमध्ये निर्यात रकम गत वर्षको सोही अवधिको तुलनामा 1प्रतिशतले घटेको छ।

यस्तो पृष्ठभूमिमा चीनले निर्यात गर्ने उपभोग्य-वस्तुबाट गठित तीन खर्ब अमेरिकी डलरको सामानका लागि थप भन्सार कर असुल्ने हो भने अमेरिकाको सामानको मूल्यमा वृद्धि हुने छ।

व्यापारिक द्वन्द्वमा कोही पनि विजेता छैन। यो इतिहास र वास्तविताद्वारा धेरै पटक प्रमाणित सिद्धान्त हो। हाल अमेरिकाको विभिन्न व्यवसायले थप भन्सार कर असुलेबाट उत्पन्न दुःखको अनुभव गर्दैछन्। थप भन्सार असुल्न विरोध गर्ने आवाज निरन्तर रुपमा सुनिएको छ। हाल एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले थप भन्सार कर असुल्ने हो भने एप्पलको प्रतिस्पर्धात्मक शक्तिलाई हानी पुर्‍याउने कुराको चेतावनी गर्नुभयो।

केही अमेरिकीले थप भन्सार कर विरोधी आवाज सुन्न, यसबाट अमेरिकी अर्थतन्त्रमा पर्ने असरबारे जानकारी राख्न र भन्सार करको अडान त्यागेर समाधानको बाटोमा पुनःफर्कन आग्रह गरेका छन्।

जानकारी तथा लेखहरु