फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका विदेशमन्त्री एस.जयशंकरको नेपाल भ्रमण

(GMT+08:00) 2019-08-22 15:56:00

भारतका विदेश मन्त्री एस.जयशंकर अगष्ट 21 तारिख दिउँसो नेपालको राजधानी काठमाडौं पुग्नुभयो। उहाँले भारतको विदेश मन्त्रीको पद सम्हाल्नुभएपछिको यो पहिलो नेपाल भ्रमण हो।

नेपालको विदेश मन्त्रालयले जनाएअनुसार, जयशंकरले नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिनका लागि नेपालको भ्रमण गर्नुभएको हो। उहाँले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग बेग्ला-बेग्लै रुपमा भेटघाट गर्नुभएको छ।

जयशंकर र नेपालका विदेशमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठकमा संयुक्त रुपमा अध्यक्षता गर्नुभयो। यस पटकको बैठकमा हालै नेपाल र भारतको द्विपक्षीय सम्बन्धको विकास अवस्था, कनेक्टिभिटी, व्यापार, ऊर्जा स्रोत, जलश्रोत, सँस्कृति, शिक्षाआदि क्षेत्रको सहयोगको समीक्षा गर्नुका साथै आगामी दिनमा दुई मुलुकको सम्बन्ध विकासको भविष्य र सहयोग परियोजनाबारे छलफल भएको छ।

योजनाअनुसार, अगष्ट 22 तारिख भारत फर्कने जयशंकरले त्यसअघि बंगलादेशको तीन दिने भ्रमण पूरा गर्नुभएको थियो।

जानकारी तथा लेखहरु