फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जम्मु कश्मिरको विषयलाई लिएर पाकिस्तानी विदेशमन्त्रीद्वारा नेपाली समकक्षीसँग टेलिफोन वार्ता

(GMT+08:00) 2019-08-23 14:46:07
पाकिस्तानका विदेशमन्त्री मकदुम कुरेशीले जम्मु कश्मिरमा भारतको अवैध र एकतर्फी निर्णयको विरोध गर्न नेपाल सरकारसँग बिहीबार आग्रह गर्नुभएको छ।

नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग कुरेशीले टेलिफोन वार्ता गरी जम्मु-काश्मिरमा भारतीय कदम अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव विपरीत रहेको भन्दै त्यसमा नेपालको सहयोग र समर्थनको अपेक्षा राखेको पाकिस्तान सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल यात्रा सकिएको केही घन्टा नबित्दै पाक विदेशमन्त्रीले ज्ञवालीलाई टेलिफोन सम्पर्क गर्नुभएको हो। जयशंकरले नेपाल भ्रमणका क्रममा कश्मिरमा भारतीय कदमको विरोध नगर्न नेपालसँग आग्रह गरेको बुझिएको छ।

मन्त्री कुरेसीले ज्ञवालीसँग सार्कको अध्यक्षका हैसियतमा भारतसँग वार्ता गरी पाकिस्तान अधिनस्थ काश्मिरमा भइरहेको व्यापक मानवअधिकार उल्लंघन अन्त्य गर्न भारतसँग आग्रह गर्न अनुरोध गर्नुभएको छ।

पाकिस्तान अधिनस्थ कश्मिरमा खाद्यान्नको विकट अभाव, मानवअधिकारको उल्लघंन र त्यहाँ नागरिकहरुको जनधनको क्षति हुने सम्भावना रहेको भन्दै त्यो परिस्थिति आउन नदिन नेपालले भूमिमा खेल्नुपर्ने पनि मन्त्री कुरेशीले बताएको देशसंचार अनलाइनमा खबर छ।

जानकारी तथा लेखहरु