फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली युवालाई चाइना बुक स्पेशल कन्ट्रिब्युसन अवार्ड

(GMT+08:00) 2019-08-23 14:46:59

नेपाली युवा किरण गौतम चीनले चाइना बुक स्पेशल कन्ट्रिब्युसन अवार्ड पाएका छन्। चीनले हरेक वर्ष चिनियाँ संस्कृतिको प्रचार प्रसार, सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन तथा चीनसम्बन्धी पुस्तक अनुवाद र प्रकाशनमा महत्वपूर्ण योगदान गरेका विदेशी अनुवादक, लेखक र प्रकाशकलाई यो पुरस्कार दिने गर्दछ। यस पटकको तेह्रौं संस्करणमा नेपालीसहित विश्वका १५ जनाले पुरस्कार पाएका छन्। गौतमले विशेष योगदान पुरस्कार युवा प्रकाशकतर्फ पाएका हुन्। पन्ध्र पुरस्कारमध्ये तीनजनालाई युवा विशेष योगदान पुरस्कार दिइएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका पोलिटिकल ब्युरो सदस्य तथा प्रचार विभागका मन्त्री ह्वाङ खुनमिनले करेन्ट पब्लिकेसन्सका महाप्रबन्धक गौतमलाई बुधबार चाइना बुक स्पेशल कन्ट्रिब्युसन एवार्ड (यङ एचिभर्स) प्रदान गरेको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

सन् २००५ देखि सुरु गरिएको यो पुरस्कार सन् २०११ देखि हरेक वर्ष प्रदान गरिन्छ। चिनियाँ संस्कृति प्रवध्र्दनमा यो पुरस्कारको प्रभाव व्यापक मानिन्छ। हालसम्म ५३ देशका १ सय ३८ जनाले यो पुरस्कार पाइसकेका छन्। पुरस्कृत गौतमको प्रकाशन गृहबाट यही अगस्त २१ देखि २५ सम्म बेइजिङमा आयोजना हुने बेइजिङ इन्टरनेशनल बुक फेयरमा चीनसम्बन्धी तीनवटा पुस्तक विमोचन गर्ने कार्यक्रम छ। ती पुस्तक सी चिनफिङले सुनाएका कथा, चाइना टेल्स लगायतका छन्। प्रकाशित पुस्तकमध्ये सबैभन्दा उल्लेखनीय 'वी एण्ड यूः द स्टोरी अफ चाइना एण्ड नेपाल' हो।

जानकारी तथा लेखहरु