फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको चि लीन प्रान्तको पुरानो उद्योग आधार क्षेत्रको उदय

(GMT+08:00) 2019-08-23 15:21:01

यसबाहेक, चि लीन प्रान्त उत्तर-पूर्वी एशियाको भौगोलिक केन्द्रमा पर्दछ, चीन, मंगोलिया, रुस आर्थिक करिडोरसित जोडिएको महत्वपूर्ण क्षेत्र हो। चि लीन प्रान्त र उत्तर कोरियाबीच थु मन च्याङ नदी र या श्यू च्याङ नदी पर्छ। साथै चि लीन प्रान्त "बेल्ट एण्ड रोड"मार्फत् उत्तरतर्फ खुला हुने महत्वपूर्ण झ्याल पनि हो। चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत चि लीन प्रान्त समितिका सचिव बा यिन छाउ लुले चि लीन खुला हुने योजनाअनुसार पूर्व, दक्षिण, र उत्तरतर्फ खुला हुने बताउनुभयो। उहाँ भन्नुहुन्छ "पूर्वतर्फ खुला भएर हामीले नदी र समुद्र पुग्ने नीतिलाई अगाडि बढाएका छौं, रुसको केही बन्दरगाहको प्रयोग गरी समुद्री बजारलाई विस्तार गरेका छौं। हाल चि लीन प्रान्त रुसको जारुबिनो बन्दरगाहको निर्माणमा संलग्न भएको छ। गत वर्ष हामीले निङ पो शहरको चौ शान बन्दरगाह समूहसँग चि लीनको व्है छुनमा अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाहको निर्माण गर्न संयुक्त रुपमा सहयोग गरेका छौं। हाल यो परियोजना शुरु भैसकेको छ।"

हरियो पर्यावरण चि लीन प्रान्तको महत्वपूर्ण स्रोत साधन हो। चि लीन प्रान्तले आफ्नो पर्वावरणीय विशेषताबमोजिम पर्यावरणीय सभ्यता निर्माण कार्यान्वयन गरेको छ। हाल चि लीन प्रान्तको पूर्वी भागस्थित छाङ पाई शानमा वनस्पतिबाट ढाकिने दर ९८ प्रतिशत पुगेको छ। गत वर्ष चि लीन प्रान्तको उत्तम वातावरणीय गुणस्तरका दिनको संख्या पनि बढेको छ, प्रदूषणमुक्त नीला आकाशका दिनहरू ९०.४ प्रतिशत पुगेको थियो। चि लीनको पश्चिमी भागमा ३ हजार ५ सय किलोमिटर क्षेत्रफलमा फैलिएको सिम्सार क्षेत्र पनि सुधार भएको छ।


1  2  3  
जानकारी तथा लेखहरु